सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी ए०४एस, कति मूल्य ?

२०७९ असोज ५, बुधबार

काठमाण्डौः सामसङले नेपाली बजारमा ग्यालेक्सी ए०४एस सार्वजनिक गरेको छ।

यो स्मार्ट फोनमा ट्रिपल रियर क्यामरा रहेकाले नयाँ पुस्ताले  फोटोग्राफीको नयाँ युग अनुभव गर्न सक्ने कम्पनीले बताएको छ।

यसमा एउटा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपीको डेप्थ क्यामरा र ५ एमपी सेल्फी क्यामरा छ जसले सेल्फी फोकस फिचर प्रदान गर्ने कम्पनीले बताएको छ। यो फोन ६.५ एचडी र एममओएलइडी डिस्प्लेको साथ नेपाली बजारमा उपलब्ध छ।

यसमा ५००० एमएएच ब्याट्री रहेकाले एक चोटि पूरा चार्ज गर्दा दुई दिनसम्म चार्ज टिक्ने कम्पनीले बताएको छ। यो फोन कालो, कपर र हरियो गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ।

१२८ जिबी रोम र ४ जिबी र्‍यामसहितको यसको मूल्य २१ हजार ९९९ रुपैयाँ र ६४ जिबी रोम र ४ जिबी र्‍यामसहितको मूल्य १९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतका १३ सहरमा सुरु भयो फाइभजी

एप्पल म्याप र गुगल म्यापमा कुन उत्कृष्ट ?

टिकटकमा आएको कमेन्ट मन परेन ? डिसलाइक गरिदिनुहोस्

‘खल्ती’ आईएसओ २७००१:२०१३ बाट प्रमाणित

रियलमीको चाडबाड अफर, मोबाइल खरिदमा वासिङ मसिनदेखि टिभीसम्मका उपहार

एन्ड्रोइड फोनमा हुनैपर्ने यी विजेट

टेलिकमको दशैँ अफर: २ सय ९४ रुपैयाँमा २० जीबी डाटा

अनर एक्स सिक्सको प्रि-बुकिङ खुल्दै, साढे ५ हजारको एयरबड ५०० रूपैयाँमै पाइने

फेसबुकमा भएका सबै साथीलाई एकैपटक मेन्सन गर्नुपऱ्यो ? यसो गर्नुहोस्

के हो टेलिकमको ई–सिम ? कसले प्रयोग गर्ने ?

नेपाल टेलिकमको बिशेष अफर: ९८ रुपैयाँमा ६ जीबी डाटा पाईने

आईटीमा क्रेज बढ्दो

%d bloggers like this: