सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यू१५ महिला साफः दोस्रो चरणमा ३० खेलाडी छनोट

२०७९ असोज ५, बुधबार

काठमाण्डौः अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू१५ महिला साफका लागि दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको छ ।

टोलीमा मुख्य प्रशिक्षक भगवती रानाले प्रारम्भिक चरणमा प्रशिक्षणमा रहेका ४० खेलाडीबाट १० खेलाडी कटौती गर्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको हो । जोत्सिनेका मरासिनी, अस्मिता खवास, साधना थापा, रीना नेपाली, अभानी सिंह, संगीता अधिकारी, डिकी स्याम्बो, सुमिना थापा, पुष्पा सेन र झरना डुमरकोटी बाहिरिएका छन् ।

जुनियर युवा महिला टोलीको प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको छ । यू१५ महिला साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा आगामी नोभेम्बर १ देखि १२ सम्म हुँदैछ ।

यू–१५ टोलीको मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी रहेका छन् ।

दोस्रो चरणको टोली
गोलरक्षक – 
राधिका ओली, सुजाता तामाङ, सानिमाया स्याङ्तान, रुपा धिमाल ।
डिफेन्डर – दीपा मगर, सन्जी थिङ, अन्जना पुन मगर, विपना स्नेही, रेणु लिम्बु, अनिशा विक, अमिता भुल, प्रेरणा डोल्मा लामा र सीता रोकाया ।
मिडफिल्डर – रेविका नेपाली, सिवांगी स्नेही, मनिषा सेन, सुशिला केसी, सिमरन राई, दिलमाया घिसिङ, यशोधा बोहरा, पुनम चेम्जोङ, निर्मला आचार्य, सविता मण्डल, भुमिका बुढाथोकी र भावना परियार ।
फरवार्ड – समिक्षा मगर, दीपा रोकाया, वर्षा ओली, सेनु परियार र सुक्रिया मिया । हाम्रो खेलकुद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ब्याडमिन्टनको उपाधि भट्ट र खत्रीको जोडीलाई

‘साइकल प्लाङक ब्यालेन्स’ को उपाधि थापालाई

सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशलाई

अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करण पुसमा

यु-१७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई एन्फाको बिदाई

रक्षक गौतमले छोडे आर्मी क्लब

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक

सकियो ख्वप फुटसल टुर्नामेन्ट २०७९ सम्पन्न

यु-१७ पुरुष फुटबल टिम घोषणा

नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो

पाँचौं टी-२० क्रिकेट : पाकिस्तान ६ रनले विजयी

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा स्वीकृत

%d bloggers like this: