सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोप्रति उपराष्ट्रपति असन्तुष्ट, भने– संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन

२०७९ असोज ५, बुधबार

काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति असन्तुष्टी जनाएका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको पालना र संरक्षण गर्न नसकेको आरोप लगाएका छन् ।

‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो,’ उपराष्ट्रपतिले विज्ञप्तिमा भनेका छन्, ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन । संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु ।’

विज्ञप्तिमा उनले सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको नेपाली इतिहासकै स्वर्णिम दिन संविधान दिवस यहीं असोज ३ गते हर्षोल्लासका साथ मनाएको स्मरण गरेका छन् । उक्त सुनौलो दिनको अवसरमा सबैले संविधानको पालन र संरक्षण गर्ने प्रतिबद्धता पनि दोहो¥याएको उनले स्मरण गरेका छन् ।

‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य : राष्ट्रपति

यस्ता छन, चुनाव जित्न रवीन्द्र मिश्रका एजेण्डा

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

अमेरिकी राजदूत बेरीले भेटे राष्ट्रपतिलाई

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन (पूर्णपाठसहित)

राष्ट्रपतिबाट निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

नागरिकता विधेयक प्रकरण: प्रमाणीकरण नगर्नुको कारण राष्ट्रपतिलाई सोध्यो सर्वाेच्चले

प्रधानमन्त्रीपत्नीदेखि मेडिकल व्यापारीसम्म समानुपातिकको बन्दसूचीमा [सूचीसहित]

अनसनरत डा. केसी र सरकारबीच १० बुँदे सहमति – डा केसीले तोडे अनशन

राष्ट्रपतिको कदमविरुद्धको रिटको पेसी आज

राष्ट्रपतिविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी

%d bloggers like this: