सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नागरिकता विधेयकः सरकार–राष्ट्रप्रमुख दूरी बढ्यो

२०७९ असोज ६, बिहिबार

काठमाडौंः संसद्को दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सरकार र राष्ट्रप्रमुखबीचको दूरी बढेको छ ।

संसद्का दुवै सदनबाट दुईपटक पारित नागरिकता विधेयकमा ‘आफ्ना सुझाव नसमेटिएको’ भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक (१५ दिन) पाएको समय मंगलबार गुजारेकी हुन् ।

गत २९ साउनमा राष्ट्रपति भण्डारीले संशोधन सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । यसपछि दुवै सदनबाट हुबहु पारित गर्दै सरकारले पुनः २० भदौमा प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको थियो ।

राष्ट्रपतिको विधेयक प्रमाणीकरण नगर्ने कदमपछि सरकार र सत्ता गठबन्धनआबद्ध दलले भने राष्ट्रप्रमुखबाट संवैधानिक व्यवस्था उल्लंघन भएको भन्दै आपत्ति जनाएका छन् । जसले सरकार र राष्ट्रपतिबीचको दूरी बढाएको छ भने यो विषय सर्वोच्च अदालत पुगेको छ ।

संविधानले राष्ट्रपतिलाई सरकारले पठाएको विधेयक पहिलोपटक संघीय संसद्मा फिर्ता पठाउन सक्ने अधिकार दिएको छ । तर, यसरी फिर्ता पठाएको विधेयक संघीय संसद्ले संशोधनसहित वा जस्ताको त्यस्तै फिर्ता पठाएमा १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बाध्यात्मक व्यवस्था संविधानमा छ । संविधानको धारा ११३ (४) मा यो व्यवस्था उल्लेख छ ।-राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘चाड आउँछ, ऋण बढाएर जान्छ’

विपन्नको घरमा आएन दसैँ

मनास्लु हिमपहिरोमा एक बेपत्ता, तीनको उद्धार

समानुपातिकको बन्दसूची संशोधन आजसम्म

त्रिचालीस वर्षपछि घुम्यो रोटेपिङ

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

खाने तेलमा ब्रान्डका नाममा ठगी

गठबन्धनमा गडबड !

दशैं र तिहारमा सानिमा बैंकको विशेष छूट योजना

गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट : कम्तीमा १५ सिट नपाए एक्लै चुनाव लड्छौं: यादव

कांग्रेस विवाद : समानुपातिक सूचीमा संस्थापन पक्ष झन् कठोर, आज आयोगमा बुझाउने तयारी

निर्णय भएर पनि सार्वजनिक भएन सम्पत्ति विवरण

%d bloggers like this: