सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

युरोपमा ग्यास संकटः युनिपरलाई राष्ट्रियकरण गर्ने जर्मनीको तयारी

२०७९ असोज ६, बिहिबार

काठमाण्डौः जर्मनीले युक्रेन युद्धबीच ऊर्जा आपूर्ति सुरक्षित गर्ने प्रयासमा ग्यास कम्पनी  युनिपरलाई राष्ट्रियकरण गर्ने भएको छ । यो सम्झौताले जर्मन सरकारले ८ दशमलब ५ अर्बको लागतमा कम्पनीको ९८ दशमलब ५ प्रतिशत हिस्सेदारी लिनेछ ।

जर्मनी रुसी ग्यासको युरोपको सबैभन्दा ठूलो आयातकर्ता हो र रसियाले हालैका महिनाहरूमा आपूर्ति घटाएकोले ग्यास अभाव भएको छ ।  सम्झौताले युनिपरको ऊर्जा आपूर्तिकर्ताको भूमिकालाई मद्दत गर्ने युनिपरका प्रमुख कार्यकारी क्लाउस–डिएटर माउबाचले बताए ।

मर्मत गर्ने भन्दै रुसको मुख्य ग्यास कम्पनी गाजप्रोमले मुख्य पाइपलाइन नोर्ड स्ट्रिम १ मार्फत हुने ग्यास निर्यात रोकेको थियो ।

रुसले युक्रेनमा आक्रमण गर्नुअघि युरोपलाई यसको ४० प्रतिशत प्राकृतिक ग्यास आपूर्ति गरेको र बिस्तारै आपूर्ति कटौती गरेर पश्चिमी प्रतिबन्धको बदला लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

युक्रेनका प्रान्तको रुसमा विलयलाई टर्कीद्वारा अस्वीकार

बेलायतमा कर्मचारीको आन्दोलनका कारण रेल सेवा प्रभावित

इन्डोनेशियाका रंगशालामा भागदौड: मृत्यु हुनेको संख्या १७४ पुग्यो

रुसको धम्कीबाट डराउदैनौँ: अमेरिका

बुर्किना फासोमा सरकार विघटनसँगै सेनाले सङ्कटकाल लगायो

इरान हिंसाः ९ जना युरोपेली नागरिक पक्राउ

पाकिस्तानी सीमानजिकै झडपमा रिभोलुसनरी गार्डका कर्णेलसहित १९ जनाको मृत्यु

पाकिस्तानी प्रधानमन्त्री शरिफद्वारा चीनको प्रशंसा

अमेरिकामा समुद्री आँधी इयानका कारण कम्तीमा १० जनाको ज्यान गयो – करोडौँ डलर बराबरको क्षति

रुसी आक्रमणमा २३ युक्रेनी नागरिकको ज्यान गयो

युक्रेनका चारवटा भूभाग रुसमा गाभिएको पुटिनको घोषणा

%d bloggers like this: