सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

युक्रेनमा लड्न नागरिकलाई आंशिक परिचालन गर्ने पुटिनको घोषणाविरुद्ध रुसभर प्रदर्शन

२०७९ असोज ६, बिहिबार

काठमाण्डौः युक्रेनमा लड्नका लागि नागरिकहरूलाई आंशिक परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाविरुद्ध रुसभर प्रदर्शन भएका छन् । प्रदर्शनमा १३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको एक प्रहरी अनुगमन समूहले जनाएको छ ।

राष्ट्रका नाममा पुटिनको बुधबार बिहानको सम्बोधनपछि देशभरका ३८ विभिन्न शहरमा प्रदर्शनमा उत्रिएकामध्ये कम्तीमा १३३२ जनालाई हिरासतमा लिएको ओभीडी सूचना अनुगमन समूहले जनाएको छ ।

बुधबारको प्रदर्शन फेब्रुवरीमा युक्रेनमा मस्कोको सैन्य हस्तक्षेपको घोषणापछिकै सबैभन्दा ठूलो प्रदर्शन हो । प्रहरीले राजधानी मस्कोको मुख्य किनमेल सडकबाट ५० जनालाई नियन्त्रणमा लिएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रदर्शनकारीहरुले ‘परिचालन होइन’ भन्दै नारा लगाएका थिए । यसैबीच, बुधबार टेलिभिजन सम्बोधनमा पुटिनले मस्कोले युक्रेनमा उपलब्ध सबै सैन्य साधन प्रयोग गर्ने चेतावनी दिएपछि रक्षामन्त्री सर्गेई शोइगुले रुसले सुरुमा करिब ३ लाख जना परिचालन गर्ने बताएका छन् ।

आंशिक सैन्य परिचालनको अमेरिकालगायत पश्चिमा देशले विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

युक्रेनका प्रान्तको रुसमा विलयलाई टर्कीद्वारा अस्वीकार

बेलायतमा कर्मचारीको आन्दोलनका कारण रेल सेवा प्रभावित

इन्डोनेशियाका रंगशालामा भागदौड: मृत्यु हुनेको संख्या १७४ पुग्यो

रुसको धम्कीबाट डराउदैनौँ: अमेरिका

बुर्किना फासोमा सरकार विघटनसँगै सेनाले सङ्कटकाल लगायो

इरान हिंसाः ९ जना युरोपेली नागरिक पक्राउ

पाकिस्तानी सीमानजिकै झडपमा रिभोलुसनरी गार्डका कर्णेलसहित १९ जनाको मृत्यु

पाकिस्तानी प्रधानमन्त्री शरिफद्वारा चीनको प्रशंसा

अमेरिकामा समुद्री आँधी इयानका कारण कम्तीमा १० जनाको ज्यान गयो – करोडौँ डलर बराबरको क्षति

रुसी आक्रमणमा २३ युक्रेनी नागरिकको ज्यान गयो

युक्रेनका चारवटा भूभाग रुसमा गाभिएको पुटिनको घोषणा

%d bloggers like this: