सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

असंलग्न राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकमा परराष्ट्र सचिवको सम्बोधन

२०७९ असोज ६, बिहिबार

काठमाण्डौः राष्ट्र संघको महासभामा सहभागि हुन पुगेका परराष्ट्र सचिव भरतराज पौड्यालले असंलग्न राष्ट्रहरुको अभियान (नन अलाइन्मेट मुभमेन्ट-नाम)को मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गरेका छन्।

बुधवार भएको सम्मेलनमा सचिव पौड्यालले विकासशील तथा गरिब देशहरूमा जलवायु परिवर्तन तथा कोभिड-१९ले नकरात्मक प्रभाव पारेको बताए। उनले यसलाई सम्बोधन गर्नका लागि नामले भूमिका खेल्नुपर्ने बताएका थिए।

उनले कोभिड-१९ पछीको आर्थिक विकास, जीोनस्तर उकास्नका लागि नामले सहकार्यलाई तिब्र पार्नुपर्ने बताएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ। उनले बैठकमा निशर्त रुपमा निशस्त्रिकरण अभियानलाई अगाडि बढाउनुपर्ने बताएका थिए।

यसैबीच राष्ट्र संघको महासभामा नेपाली प्रतिनिधि टोलीको नेतृत्व गरेका सचिव पौड्याल अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मान भोजमा सहभागि भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुको आग्रह

सञ्चारमाध्यमलाई अनुगमन गर्ने निर्वाचन आयोगको तयारीप्रति प्रेस सेन्टरको आपत्ति

लायन्स क्लब हेरिटेज धरहराको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

कर्णाली प्रदेश प्रमुखको कार्यभार अमिक शेरचनले सम्हाल्ने

जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का

एपीएफ र एसएसबीबीचको समन्वयात्क बैठक सम्पन्न

ट्राफिक नियम उल्लङ्घन गर्ने ३४ सय ९ जना चालक कारवाहीमा

लमजुङमा चर्को भाडा असुल्ने चार गाडी प्रहरी नियन्त्रणमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन नपाइने

आइकाओको ४१औँ महासभामा सहभागी हुन पर्यटनमन्त्री क्यानडा प्रस्थान

आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

आगामी निर्वाचनमा मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइँदै

%d bloggers like this: