सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट

२०७९ असोज ६, बिहिबार

काठमाडौंः प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ताहरु किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन्।

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुन्जेल सभामुख र उपसभामुखका रुपमा दिइने सेवासुविधा प्रयोग गर्न रोक लगाउनसमेत रिटमा माग गरिएको छ। रिटमाथि शुक्रबारलाई पेसी तोकिएको छ।

प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था उल्लेख गर्दै रिटमा सभामुख र उपसभामुखको पद खाली गराउन माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राप्रपाबाट प्रत्यक्ष उम्मेदवारमा करिब ७ सयको नाम सिफारिस

कांग्रेस पदाधिकारी र पुर्व पदाधिकारीको बैठक जारी

इटहरीका पुर्व मेयर चौधरी माओवादी प्रवेश

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

आगामी निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच कडा प्रतिस्पर्धा हुन्छ : कमल थापा

प्युठानमा जनमोर्चालाई भोट नमाग्ने कांग्रेस नेता पोखरेलको घोषणा

समानुपातिक बन्दसूची हेरफेर गर्ने एमाले सचिवालयको निर्णय

गगनले भन्छनः कांग्रेसमा विद्राेह गर्नुपर्ने बेला भएकाे छ

कैलाली कांग्रेसको लफडा : बलाएरले टिकट पाएको चर्चा, नछोड्ने भण्डारीको दाबी

समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा

देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए 

काठमाडौं क्षेत्र नं.१ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश

%d bloggers like this: