सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रुघाखोकी निको पार्न अपनाउनुस् यी घरेलु उपाय

२०७९ असोज ६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जाडो लाग्न थालेपछि रुघाखोकीले समात्ने सम्भावना हुन्छ । मौसम परिवर्तन हुँदा शरीरले प्रतिक्रिया जनाउँछ । त्यो भनेको नाक बन्द हुनु, रुघा लाग्नु र गला खिचखिच हुनु हो । बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठीक हुन्छ ।
बाफ
पानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर हाल्नुस् र दुई मिनेपछि त्यो पानीको बाफ लिनुस् । दिनमा दुईचोटि यसो गर्नुभयो भने बन्द नाकमा धेरै राहत पाउनुहुन्छ ।

कागती चिया
कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिउनुभयो भने पनि नाक खुल्छ ।

सर्स्युँको तेल
एक चम्चा सर्स्युँको तेल तताएर हल्का चिसो हुन दिनुस् अनि त्यसका केही थोपा नाकमा हाल्नुस् । नाक खुल्छ ।

नूनपानी
पानीमा नून हालेर घोल बनाउनुस् र त्यो घोलले नाक धुनुस् । त्यसो गर्दा नाकमा भएका ब्याक्टेरिया र भाइरस सकिन्छन् र नाक खुलेर आराम पाइन्छ ।

नाक सेक्ने
एउटा सफा रुमाल तातो पानीमा हाल्नुस् र त्यसलाई बन्द नाकमा राखेर सेक्नुस् । यसो गर्दा आराम अनुभव गर्नुहुनेछ ।

तुलसीको पात
बन्द नाक खुलाउन तुलसीको पात खाँदा पनि काम गर्छ ।

मह
महले बन्द नाक खुलाउँछ र घाँटी खसखसाएको पनि हटाउँछ । एक कप मनतातो पानीमा दुई चम्चा मह हालेर पिउनुस् ।

नीलगिरीको तेल अनि लसुनको सूपले पनि बन्द नाक खुलाउँछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डाक्टर प्रतिभा धौभडेल मृत फेला

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

आरजु राणा देउवाले गराइन् शल्यक्रिया

टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना

बजेट अभावमा नगर अस्पतालको काम रोकियो

कान्ति बाल अस्पताल गएका बिरामी उपचारबाट वञ्चित हुन नपरोस् : स्वास्थ्यमन्त्री

महिला स्वास्थ्यकर्मीले नेतृत्व गरेको दुर्गमको स्वास्थ्य संस्था अब्बल बन्दै

क्यान्सर रोगको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन

गेटा अस्पतालद्वारा छ पदका लागि २६ जनाको जागिर खुल्यो

कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी

बाँकेमा गाइभैँसीलाई खोरेतविरुद्धको खोप