सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हिजो बढेको शेयर बजार आज ९ अंकले घट्यो

२०७९ असोज ६, बिहिबार

काठमाण्डौः बिहीबार शेयर बजार फेरि ओरालो लागेको छ । बुधबार ११ अंकले बढेको बजार बिहीबार  ९ अंकले घटेको छ।

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ९.८३ प्रतिशतले घटेर १८३८.९६ विन्दुमा झरेको छ। बिहीबार कारोबार रकम पनि सुस्त छ। अघिल्लो दिन ७२ करोडको कारोबार भएको बजारमा बिहीबार ६५ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको छ। यस दिन ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर कारोबार भएको छ।

बिहीबार पनि सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको २.८७ प्रतिशत, एनसिसि बैंकको २.४३ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सको २.२७ प्रतिशत र बरुण हाइड्रोपावरको २.१६ प्रतिशतले बढेको छ।

यता विन्दवासिनी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५।२६ प्रतिशतले घटेको छ भने श्वेत गंगा हाइड्रोपावरको ४।९६ प्रतिशत, तेह्रथुम पावरको ४।१६ प्रतिशत र आरएसडिसी लघुवित्तको ४।१२ प्रतिशतले घटेको छ।

बिहीबार नबिल बैंकको सबैभन्दा धेरै २ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने बोटलर्स नेपालको २ करोड ४१ लाख, अपी पावरको १ करोड ६१ लाख र रिडी हाइड्रोपावरको १ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा फाइनान्स र माइक्रोफाइनान्स उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

५० हजार खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

गान्धी दिवसको दिन नेपालले पनि स्वच्छता दिवस मनाओस्: भारतीय राजदूत

लमजुङ दरबारको आकर्षण बन्यो यशोव्रम्हको शालिक

पोखरामा च्याङग्रा किन्नेको भीड

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार

भोटेचौरमा २५ युवाको व्यावसायिक अर्ग्यानिक कृषि फार्म

लमजुङमा पर्यटकको चहलपहल बढ्दो

सानिमा बैंकको दशैं अवसरमा विशेष छुट अफर

पोखरामा बेच्न राखिएका केही भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव

यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु

गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न, करिब दुई सय मेगावाट विद्युत प्रवाह हुने

सुनको मूल्य बढ्यो, कारोबार कतिमा ?

%d bloggers like this: