सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चारवटा राजनीतिक दलकाे निर्वाचन बहिष्कार गर्ने घोषणा 

२०७९ असोज ६, बिहिबार

काठमाडौंः विभिन्न चारवटा राजनीतिक दलले आसन्न्न निर्वाचन बहिष्कार  गर्ने घोषणा गरेको छ । काठमाडौं बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन्।

निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिले संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भएकाले बहिष्कार गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालले रहेका छन् ।

निर्वाचन बहिष्कार घोषणा गर्ने क्रममा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली शोषित–उत्पीडित श्रमजीवी जनताको दुःखको कारण दलाल पूँजीवादी संसदीय व्यवस्था रहेको र यो व्यवस्थाको चुनावमा भाग लिनु भनेको ती जनताको दुःख र शोषण–उत्पीडनलाई अझ बढी हुर्काउनु हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राप्रपाबाट प्रत्यक्ष उम्मेदवारमा करिब ७ सयको नाम सिफारिस

कांग्रेस पदाधिकारी र पुर्व पदाधिकारीको बैठक जारी

इटहरीका पुर्व मेयर चौधरी माओवादी प्रवेश

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

आगामी निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच कडा प्रतिस्पर्धा हुन्छ : कमल थापा

प्युठानमा जनमोर्चालाई भोट नमाग्ने कांग्रेस नेता पोखरेलको घोषणा

समानुपातिक बन्दसूची हेरफेर गर्ने एमाले सचिवालयको निर्णय

गगनले भन्छनः कांग्रेसमा विद्राेह गर्नुपर्ने बेला भएकाे छ

कैलाली कांग्रेसको लफडा : बलाएरले टिकट पाएको चर्चा, नछोड्ने भण्डारीको दाबी

समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा

देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए 

काठमाडौं क्षेत्र नं.१ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश

%d bloggers like this: