सदाबहार खबरको रफ्तार ....
असोज १७, २०७९ सोमबार
October 3, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको ट्रेजरी बिल सोझै खरिद गर्ने

२०७९ असोज ६, बिहिबार

काठमाण्डौः  नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव (तरलता अभाव) भएपछि यसलाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद गरी बजारमा लगानीयोग्य रकम पठाउन लागेको हो ।

सको लागि राष्ट्र बैंकले बिभिन्न समयमा आफैले बिक्री गरेको ट्रेजरी बिल आफैले सोझै खरिद गरी लगानीयोग्य रकम पठाउन लागेको हो ।
ट्रेजरी बिलको बोलकवोल मिती र समय २०७९ असोज ६ गते बिहीवार दिनको तीन बजेसम्म तोकिएको राष्ट्र बैंकको भनाई छ । ट्रेजरी बिलको खरिद मिती २०७९ असोज सात गते शुक्रबार तोकिएको र भुक्तानी मिती २०७९ पुस मसान्तसम्म तोकिएको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार काउण्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नम्बर र परिमाण उल्लेख गर्नु पर्ने छ । यसैगरी काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नु पर्ने छ । (उदाहरणको लागि एक सयको ट्रेजरी बिल कति मूल्यमा विक्री गर्ने हो सो रकम बोल गर्नुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार काउण्टरपार्टीले विक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिलको परिमाण पाँच करोड वा पाँच करोडले भाग लाग्ने दरले खरिद आव्हान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिलका लागि एउटा मात्र बोलकबोल गर्नुपर्ने राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

५० हजार खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

गान्धी दिवसको दिन नेपालले पनि स्वच्छता दिवस मनाओस्: भारतीय राजदूत

लमजुङ दरबारको आकर्षण बन्यो यशोव्रम्हको शालिक

पोखरामा च्याङग्रा किन्नेको भीड

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार

भोटेचौरमा २५ युवाको व्यावसायिक अर्ग्यानिक कृषि फार्म

लमजुङमा पर्यटकको चहलपहल बढ्दो

सानिमा बैंकको दशैं अवसरमा विशेष छुट अफर

पोखरामा बेच्न राखिएका केही भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव

यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु

गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न, करिब दुई सय मेगावाट विद्युत प्रवाह हुने

सुनको मूल्य बढ्यो, कारोबार कतिमा ?

%d bloggers like this: