सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जीवनकुमार प्रसाईंको नयाँ पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक

२०७९ असोज ७, शुक्रबार

काठमाण्डौः स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तवरले बाँच्ने सूत्र पस्कँदै आएका लेखक जीवनकुमार प्रसाईं फेरि पाठकमाझ उपस्थित भएका छन् । यसपटक प्रसाईं ‘धेरैको धपेडी’ नामको पुस्तकबाट  पाठकमाझ उपस्थित भएका हुन् ।

बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यहरूलाई सबैले बुझ्नेगरी सरल भाषामा ब्याख्या गरेको छ ।

हामी नेपालीको महान चाड अब एकपछि अर्को गर्दै दैलोमै आइपुगेका छन् । यतिबेला हामी खानपिनदेखि लिएर वस्तुको संकलनमा असाध्यै केन्द्रित हुन्छौं । त्यसमाथि पछिल्लो समय हामीले ‘के’ र ‘कति’ भन्दा पनि ‘सकेसम्म धेरै’ भन्न थालेका छौं । यो ‘धेरै’ले उत्पन्न गर्ने ‘धपेडी’ र त्यसले खोस्दै लगेको हाम्रो सुखमय जीवनकै सेरोफेरोमा पुस्तक प्रवेश गरेको छ ।

जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा अनुसन्धान अनि अध्यापनमा संलग्न छन् । उनले अढाइ दशकभन्दा बढी समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलीफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । उनले अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ हेल्थ (एनआइएच) बाट वैज्ञानिक अनुसन्धानका लागि अनुदानसमेत प्राप्त गरेका छन् । खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित छन् । उनले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधि गरेका हुन् ।

दुइ सय २८ पृष्ठ लामो‘धेरैको धपेडी’  पुस्तकको मूल्य ४२५ रुपैयाँ तोकिएको छ साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ । ई-बुकको प्रतिलिपि thuprai.com बाट पनि किन्न सकिन्छ । यो पुस्तक विश्वव्यापी रूपमा भने Amazon मार्फत् उपलब्ध हुनेछ । फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव : शबाना आजमीको मास्टर क्लास हुँदै

साहित्यको विकास, विकासमा साहित्य

दिन्छु तिमीलाई चोखो माया (कविता)

न्यूजील्याण्ड नेपाली साहित्य समाजद्वारा साहित्यकार कर्माचार्य सम्मानित

नारी स्रष्टा समाजद्वारा साहित्यकारहरू सम्मानित

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव: नाट्यकर्मीको अनुभव आदान–प्रदान

मनदेवीको कथासंग्रह ‘छेँदुने’ सार्वजनिक

पराजुलीद्वय अनेसास शिखर पुरस्कारबाट सम्मानित

नेपाली लोकजीवनका हृदयस्पर्शी कथाहरू

नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता

‘गणेशमान सिंहको सङ्घर्ष’ सार्वजनिक

प्रथम गोर्खाश्री राष्ट्रिय पुरस्कारद्वारा सी. के. श्रेष्ठ सम्मानित

%d bloggers like this: