सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रदीप रोदनको ‘मफलर’ लोकार्पण

२०७९ असोज ९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरे । उक्त अवसरमा लेखक रोदनले गजलवाचनसमेत गरेका थिए ।

कार्यक्रममा साहित्यकार न्यौपानेले रोदनको यो कृति गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह रहेको बताए । ‘जीवनलाई मथेर निकालिएको नौनी हो मफलर,’ उनले भने, ‘खारिएका पवित्र वाक्य यस सङ्ग्रहमा छन् । धेरै पुस्तक बोरामा थन्काउनुपर्ने हुन्छ । केही पुस्तक बुककेसमा सजाएर राखिन्छ । केही पुस्तक आफूले पढ्ने टेबलमा राखिन्छ । केही किताब यस्ता पनि हुन्छन्, जो सिरानीमुनि राखिन्छ । यो त्यसैगरी सिरानीमुनि राख्ने कृति हो ।’

‘मफलरमा जीवन र हृदयको यस्तो ध्वनि छ, जहाँ अध्यात्म, व्यवहार र दर्शन मिसिएको छ,’ साहित्यकार न्यौपानेले थपे ।

कार्यक्रममा लेखक रोदनले गजल लेख्दा आफूले कैयौं पटक आफ्नै हृदय छामेको र सेरहरूको धड्कन महसुस गरेको बताए । ‘केही नबन्दा अरु केही बन्दो रहेछ । यसरी सेरहरूको माया क्षेत्र हृदयको गहिराइसम्म पुग्यो र गजल बने । जहाँ गजल बनेनन्, त्यहाँ फर्दहरू बने,’ उनले भने ।

मझेरी लिपे पनि, नलिपे पनि बिहान हुन्छ । गजल लेखे पनि, नलेखे पनि जीवन चल्छ । मझेरी लिपेपछि घर सुन्दर भए जस्तै गजलले आफ्नो जीवन बाँच्ने तरिकामा सौन्दर्य थपिदिएको उनको भनाइ छ । ‘थाहा छैन, यी गजलले तपाईंको जीवनमा सौन्दर्य थप्छन् या थप्दैनन् । यी गजल मैले सृष्टि गरेका बचेराहरू हुन् । आजसम्म आफ्नै पखेटामुनिको न्यानोमा हुर्काएँ । अब यी गजलका आफ्नै पखेटा पलाए होलान् भनेर तपाईंहरूकै संसारमा उडान भर्न पठाएको छु ।’

यी सम्पूर्ण गजल आफूले गोरखाको पाण्डेबेसीको माटोमा बसेर लेखेको उनले जनाए । ‘म जति साहित्यलाई प्रेम गर्छु, त्यति नै अध्यात्मलाई । मैले लगाइरहेको संन्यास मालामा १०८ दाना छन्, जो मेरो हृदयलाई छोएर गलामा बसिरहन्छ । त्यसैले यस पुस्तकमा १०८ गजल र १०८ फर्द समावेश गरेको छु,’ लेखक रोदनले भने ।

को हुन् लेखक ?

गोरखा पालुङटार पाण्डेबेसी जन्मथलो भएका प्रदीप रोदनको कर्मथलो पनि यहीँ हो । उनी आफ्नै गाउँको सरकारी विद्यालयमा शिक्षक छन् । देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेर धेरैको मन जितेका रोदनको पहिलो गजलकृति हो, ‘मफलर’ । उनले ०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, ०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र ०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ पाएका छन् ।

फाइनप्रिन्टले किन छाप्यो मफलर ?

हामीले प्रकाशन गरेको गजल विधाको पहिलो पुस्तक हो, ‘मफलर’ । हामीले यसअघि कविताका केही पुस्तक प्रकाशन गरेका थियौं । तर गजलका पुस्तक प्रकाशन गरेका थिएनौं । तपाईंहरूलाई आश्चर्य लाग्ला, फाइनप्रिन्टले गजलका पुस्तक यसअघि प्रकाशन गरेको थिएन, अहिले किन ग¥यो होला ? हो, हामीले गजलका पुस्तक छापेका थिएनौं । तर पहिला प्रदीप रोदन हामीसँग जोडिएका पनि त थिएनन् !

पहिलो पटक उनलाई हामीले आयोजना गर्ने नेपाल लिटरेचर फÞेस्टिभलको नवौं संस्करणमा सुन्न पाएका थियौं, उद्घाटनपछिको मेहफिÞल सत्रमा । एक घण्टा लामो सत्रमा उनका गहन, मुटु चसक्क पार्ने र सोसियल कमेन्ट्री जस्ता लाग्ने गजलले हामीलाई लोभ्याएका थिए । त्यहीँदेखि हो, हामी उनका गजलका फÞ्यान भएका । त्यहीँदेखि हो, हामीलाई उनका गजल छाप्न पाए भनेर लाग्न थालेको । त्यहीँदेखि हो, ‘पन्ध्रौं चुली’का लेखक खिमलाल गौतम प्रदीप रोदनका सबैभन्दा ठूलो फÞ्यान भएका । उनलाई पनि लागेछ, प्रदीप रोदनका गजल नछापी हुन्न भनेर । उनले पनि हौस्याए हामीलाई रोदनका गजल छाप्न । अनि रोदनका अर्का प्रशंसक अमर न्यौपाने सेतु बनिदिए हामी र रोदनबीच । रोदनका गजल पनि उनैले छानिदिए । त्यसैले त आज तपाईंहरूसँग यसरी जोडिने मौका हामीले पाएका छौं ।

हामीलाई लाग्छ, मफलरको आगमन नेपाली गजल विधाको ‘टाइमलाइन’मा एउटा उल्लेखनीय मितिका रूपमा दर्ज हुन्छ । हामीलाई यस्तो पनि लाग्छ— गजल लेख्नेहरूले वा गजलको समालोचना गर्नेहरूले ‘मफलर’लाई मानकका रूपमा लिनेछन् । यति महत्वपूर्ण पुस्तकका लागि रोदनलाई धेरै धेरै बधाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

साहित्यका पारखी बालकृष्ण

‘जून ओर्लेको रात’ बजारमा

अविरल जनसाहित्य यात्रामा पौडेलका कविता

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

कार्यकारी अध्यक्षद्वारा लिखित ‘शहरक भीडमे एसगर हम’ सार्वजनिक

केदार पोखरेलको कविता सङ्ग्रह ‘मान्छे मार्ने तलाउ’को लोकार्पण

विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री

चैत १७ गते बृहत् ‘साङ्गीतिक गजल गुञ्जन’

एक हजार एक सय वढी पृष्ठको संग्रहणीय पुस्तक सार्वजनिक

सहित्यकार लामाको ‘स्मृतिका बिम्बहरू’ विमोचन

‘देय् नइगु बाखं’ सार्वजनिक

‘नदीको राजमार्ग’माथि परिचर्चा