सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गौतम धिमाललाई आईपीए अवार्ड

२०७९ असोज १०, सोमबार

काठमाण्डौः नेपाली फोटोग्राफर गौतम धिमाल ‘अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड (आईपीए) २०२२’ बाट सम्मानित हुने भएका छन् ।

आगामी २५ अक्टोबर, २०२२ मा अमेरिकाको न्युयोर्क शहरस्थित कार्नेगी हलको जाङ्केलमा उनलाई सम्मान गरिनेछ । यो अवार्डबाट सम्मानित हुने धिमाल पहिलो नेपाली फोटोग्राफर हुन् । यसअघिका अवार्ड समारोहमा नेपालमा खिचिएका तस्बिरहरूले अवार्ड पाए पनि ती तस्बिरहरू अन्तर्राष्ट्रिय फोटोग्राफरले खिचेका थिए । धिमाल लोकेशन नेपाल र गेहेन्द्र धिमाल फाउण्डेशनका अध्यक्षसमेत हुन् ।

धिमाललाई उनको परियोजना ‘हिमालयन फेसन एडभेन्चर’ को लागि विज्ञापन÷फेसनको व्यावसायिक श्रेणीमा तेस्रो पुरस्कार प्रदान गरिने भएको छ । अहिले १९औं वर्षमा आयोजना भईरहेको इन्टरनेशनल फोटोग्राफी अवार्ड (आईपीए) ले अवार्डका लागि हरेक वर्ष हजारौं तस्बिर सबमिशन प्राप्त गर्दछ ।

मुख्यतया, फेसन, विज्ञापन र प्रकृति र वन्यजन्तुको लागि आफ्नो फोटोग्राफी सीपको प्रयोग गर्ने उनी लामो समयदेखि नेपालमा छायांकन हुने विदेशी फिल्मका लागि लाइन प्रोड्युसरको रूपमा काम गरिरहेका छन् । हाल उनले स्वदेशी फिल्म निर्माणमा समेत पाइला चालेका छन् ।

उनले बीबीसी वान, फक्स, र डिस्नेसँगै रेड बुल, नेस्टी, कोकाकोला, पानासोनिक, भिक्स, निप्पन पेन्टस, सामसोनाइट, डोसान, किलगोगसलगायतका ब्राण्डसँग सहकार्य गरिसकेका छन् ।

अवार्ड आयोजकका अनुसार, व्यावसायिक विधाका १३ विजेताहरूले प्रत्येकले नगद पुरस्कार र न्यूयोर्क शहरमा लुसी अवार्ड्स गालामा भाग लिन दुईवटा टिकटहरू प्राप्त गर्नेछन् । अवार्डमा द इन्टरनेशनल फोटोग्राफर अफ द इयर (व्यावसायिक वर्ग), वर्षको खोज (गैर–व्यावसायिक वर्ग), इन्टरनेशनल फोटोग्राफर अफ द इयर (व्यावसायिक श्रेणी) को विजेताले लुसी अवार्ड्स गालामा प्रदान गरिने लुसी ट्रफी र ४ लाख १० हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, डिस्कभरी अफ द इयर (गैर–व्यवसायिक) विधाका विजेताले लुसी अवार्ड्स गालामा प्रदान गरिने लुसी ट्रफी र ४५ हजार डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव : शबाना आजमीको मास्टर क्लास हुँदै

साहित्यको विकास, विकासमा साहित्य

दिन्छु तिमीलाई चोखो माया (कविता)

न्यूजील्याण्ड नेपाली साहित्य समाजद्वारा साहित्यकार कर्माचार्य सम्मानित

नारी स्रष्टा समाजद्वारा साहित्यकारहरू सम्मानित

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव: नाट्यकर्मीको अनुभव आदान–प्रदान

मनदेवीको कथासंग्रह ‘छेँदुने’ सार्वजनिक

पराजुलीद्वय अनेसास शिखर पुरस्कारबाट सम्मानित

नेपाली लोकजीवनका हृदयस्पर्शी कथाहरू

नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता

‘गणेशमान सिंहको सङ्घर्ष’ सार्वजनिक

प्रथम गोर्खाश्री राष्ट्रिय पुरस्कारद्वारा सी. के. श्रेष्ठ सम्मानित

%d bloggers like this: