सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

समानुपातिक बन्दसूची हेरफेर गर्ने एमाले सचिवालयको निर्णय

२०७९ असोज १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले)को सचिवालयको बैठकले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीलाई हेरफेर गर्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा गए राती अबेरसम्म बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले अन्तिम बन्दसूची हेरफेर सहित आज बुझाउने जानकारी दिनुभयो ।

सचिवालयको बैठकले बन्दसूची हेरफेरको जिम्मा भने अध्यक्ष केपी शर्मा ओलीलाई दिएको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।एमालेले समानुपातिक निर्वाचन तर्फको असोज ३ मा निर्वाचन आयोगमा बुझाएको थियो ।

सचिवालय बैठकमा प्रदेश तथा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका उम्मेदवारका बारेमा पनि प्रारम्भिक छलफल भएको एमालेले जनाएको छ ।

बैठकले प्रारम्भिक सूचिमा अध्यक्ष ओलीलाई आवश्यक थपघट गर्नसक्ने अधिकार प्रत्यायोजन गरेको बताउँदै पार्टी प्रवक्ता गुरुङले उम्मेदवारको प्राथमिकता तोकेर निर्वाचन विभागमार्फत पार्टी केन्द्रले अन्तिम निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।

सचिवालय बैठकमा को को उम्मेदवार हुन सक्छन् भन्नेमा प्रारम्भिक छलफल भएको भन्दै उहाँले प्रदेश सभाका ३३० सिट र प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रको उम्मेदवारबारे सचिवालयको अर्को बैठक बसेर टुङ्गो लगाउने उहाँले बताउनुभयो ।

जिल्लाबाट सिफारिस भएर आएका उम्मेदवारका नामबारेमा बैठकमा विस्तृत छलफल भएको र बैठकले उम्मेदवार हुनसक्ने नेताहरूका बारेमा पनि छलफल गरेको एमालेले जनाएको छ ।

१६ असोजभित्र समानुपातिकको बन्दसूची सच्याउन दलहरूलाई निर्वाचन आयोगले समय दिएको छ भने २३ असोजमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुदूरपश्चिम सरकार छोड्न नाउपाकी अध्यक्ष रञ्जिताको लिखत निर्देशन

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

सभापति देउवाले थपे जनजाति विभागमा १० सदस्य

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्राचार्यलाइ कारबाही गर्ने

देशको विकास र समृद्धि प्रजातन्त्रमा मात्रै सम्भव : सभापति शर्मा

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन :अध्यक्ष ओली

मिलन लिम्बुलाई इलाम- २ को उम्मेदवार बनाउने रास्वपाको निर्णय

कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा