सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दसैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो रिलिज

२०७९ असोज १५, शनिबार

काठमाडौंः दशैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । डार्बिन लुगेंलीको शब्द सृजना र स्वर रहेको गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ ।  सोनाहाङ राईको कम्पोज रहेको गीतमा लेखन र सह कम्पोजर डार्बिन लुङेली आफैँ हुन् ।

अनेकन असहज परिस्थितिमा आफूलाई सम्हालिरहँदा प्रेमिकाले पनि एक्कासि ब्रेकअप दिँदा जिन्दगीसँग विरक्तिएका युवकले ओसो आश्रमसम्म गएर मन शान्ति गरी आफ्नो गाउँ फर्किंदासम्मको कथालाई युवा निर्देशक आचार्य गोपालले कलात्मक शैलीमा तयार पारेका छन् । आफ्ना संघर्षका दिनमा एउटा बेरोजगार युवाले भोग्ने परिस्थितिलाई  घर जाँदै छुमा कलात्मक शैलीमा देखाइएको छ ।

गाउँबाट शहरमा गएर गीत संगीत र कलालाई माया गर्ने युवकले झेल्ने अनेकन परिस्थितीमा मोडल मिन भण्डारीले कमालको अभिनय गरेका छन् । अमेरिकामा अभिनयको अध्ययन गरिरहेका मिनका अलावा, साहारा कोइराला , बिनोद कुमार पौडेलको पनि भिडियोमा  अभिनय देख्न  सकिन्छ ।

जसको परिकल्पना पनि आचार्य गोपालले नै गरेका हुन् भने भिडियोमा हिमाल शर्माको छायांकन,  चानस पुन मगरको सम्पादन रहेको छ ।  चित्रकला थापाको निर्माण रहेको भिडियोको सहनिर्देशन किरण बिकले गरेका हुन् । भिडियो दृश्य सिनेमाको निर्माणमा जुजु कृयसन र फ्लिकर आर्टसको सहकार्यमा तयार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपालसँगै विदेशमा रेकर्ड बनाइरहेको ‘महापुरूष’

क्लब फरेनहाइटमा एक्सिस लाइभ इन काठमाडौं

‘नेपथ्य लाइभ कन्सर्ट’ हुने

बलिउडमा डेब्यु गर्दै सलमान खानकी भान्जी अलिजेह

मिथुन चक्रवर्तीलाई भेट्न नेताले रद्द गरेका थिए र्‍याली

कन्तराले तोड्यो केजीएफ २ को रेकर्ड

कार्तिक आर्यन, इन्जिनियरिङको कक्षा बंक गरेर हिरोको अडिसन दिन जान्थे

चुनाव र विश्वकपको असर देखिएन ‘महापुरुष’ मा

चौथो हप्तामा पनि हाउसफुल ‘महापुरुष’

चौथो सातामा ‘महापुरुष’, दिवा तथा रात्री शोमा शतप्रतिशत अकुपेन्सी

चुनावका कारण शनिबार बेलुका ५ बजेदेखि फिल्म हल बन्द हुने

चितवनमा साम्राज्ञी र पुष्प स्टार फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

%d bloggers like this: