सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार

२०७९ असोज १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ ।

दैनिक उपभोग्य वस्तुमा दिइएको छुटका कारण यस्ता पसलमा उपभोक्ताको आकर्षण बढेको हो । सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यही असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालमा ल्याएको छ । काठमाडौंमा मात्रै चार स्थानमा सुपथ मूल्य पसल सञ्चालित छन् । ती पसल आगामी कात्तिक १५ गतेसम्म चल्नेछन् ।

अन्य बजारको तुलनामा खाद्य व्यापार कम्पनीको सुपथ मूल्य पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य कम रहेकाले उपभोक्ताको भीड बढेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । “काठमाडौंसहित अन्य जिल्लामा रहेका कम्पनीको ‘आउटलेट’मा उपभोक्ताको भीड छ”, उहाँले भन्नुभयो, “सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण छ, देशभर उत्साहजनकरुपमा उपभोग्य वस्तु बिक्री भइरहेको छ ।

कम्पनीले एक महिनाको अवधिमा रु पाँच करोड ४० लाखको दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्य लिएको छ । पन्ध्र दिनका अवधिमा रु एक करोड ५० लाखको सामान बिक्री भएको  र एक हजार क्विन्टल बढी खाद्य सामग्री बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

आउटलेटबाहेक कम्पनीले अनलाइनबाट पनि खाद्य वस्तुको अर्डर लिने र निःशुल्क होम डेलिभरी गर्ने गरिरहेको छ । कम्पनीले गोगो २०, दराजलगायत अनलाइन सेवा प्रदायक संस्थाबाट घरघरमै निःशुल्करुपमा खाद्य वस्तु पु¥याइरहेको नायब महाप्रबन्धक खनालले बताउनुभयो । काठमाडौँ, पोखरा र सुर्खेतमा होम डेलिभरी सेवा सञ्चालनमा छ ।

सुपथ मूल्य पसलमा दाल, चामल, तेल, नुन, गेडागुडीलगायत खाद्य वस्तु उपलब्ध छन् । कम्पनीसँगै दुग्ध विकास संस्थान र नेशनल ट्रेडिङले पनि सुपथ मूल्यमा उपभोग्य वस्तु बिक्री गरिरहेका छन् ।

बोका–च्याङ्ग्राको बिक्री नवमीसम्म

सुपथ मूल्य पसल फूलपातीको दिनसम्म खुला रहनेछ । यद्यपि, खसी, बोका तथा च्याङ्ग्राको बिक्री भने नवमीसम्म चल्नेछ । कम्पनीले दशैंका अवसरमा खसी, बोका तथा च्याङ्ग्राको मूल्य नियन्त्रण गर्न एक हजार आठ सय खसी बोका तथा पाँच सय बढी च्याङ्ग्रा काठमाडौं भित्र्याएको छ । “केही खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ आइसकेका छन्”, उहाँले भन्नुभयो, “केही आउँदै छन्, दशैंसम्म लक्ष्यअनुसारको खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्छौं ।”

कम्पनीले जीउँदो खसीको मूल्य प्रतिकेजी रु छ सय ८० र च्याङ्ग्राको मूल्य जीउँदो प्रतिकेजी रु एक हजार दुई सय ६० तोकेको छ । यसमा प्रतिकेजी रु १० छुट दिइएको छ । कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खसी बोका तथा दार्चुलाको अपि क्षेत्रबाट च्याङ्ग्रा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

नेप्सेमा सामान्य बृद्धि

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो

बराहक्षेत्रमा कुम्भमेलाः तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

घट्यो नेप्से परिसूचक

सुनको मूल्य फेरि बढ्यो

नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो

प्रि ओपन सेसनमा नेप्से सामान्य बढ्यो

यस्तो छ आजको तरकारी बजार भाउ

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि