सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

समानुपातिकको बन्दसूची संशोधन आजसम्म

२०७९ असोज १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची संशोधनको समयसीमा आज आइतबार सकिँदैछ।

असोज २ र ३ गते निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरूले आइतबार संशोधित सूची बुझाउने अन्तिम दिने हो। आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म सूची पेस गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको थियो।

आयोगको आग्रहबमोजिम ती दलले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ । सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले सात दिनभित्र संशोधन पेस गर्नुपर्ने आयोगले जनाएको छ।

संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने सक्ने आयोगले जनाएको छ। यस्तै सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने छ।

आयोगका अनुसार असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएका कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्का उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यक्रम रहेको छ। नयाँपत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतसँग ऊर्जा सम्झौता अन्योल, लोडसेडिङको जोखिम

दक्षिण कोरियाको ई–७ भिसा विषयमा छलफल

रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला, इजरायल बन्द

सत्तारूढ दलकै उम्मेदवारबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने

२३ निर्माण कम्पनी कालोसूचीमा

प्रदेश सरकार फेर्ने कसरत, केन्द्रीय गठबन्धनको हस्तक्षेपले राजनीतिक अस्थिरता

बनाइँदै मत्स्येन्द्रनाथको नयाँ पाङ्ग्रा

सुनकोशीमा बेपत्ता ३ मध्ये १ जनाको शव फेला

सत्तारूढ दलमै जुटेन सहमति

सशस्त्र प्रहरी बल चौबिसै घण्टा सीमा गस्तीमा

स्वदेशी पाँच वस्तुको निर्यात उच्च

भूकम्पपीडितले ४ महिनादेखि पाएनन् आवासको रकम