सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दोस्रो सातामा पनि ‘प्रेमगीत ३’ हेर्न दर्शकको भीड

२०७९ असोज १६, आइतबार

काठमाण्डौः चलचित्र ‘प्रेमगीत ३’ले दोस्रो सातामा पनि उत्साहजनक व्यापार गरिरहेको छ । शुक्रवारदेखि दोस्रो सातामा प्रवेश गरेको चलचित्र हेर्न हलमा दर्शकको उपस्थिति बाक्लो छ ।

दोस्रो सातामा शुक्रवार र शनिवार चलचित्रले अधिकांश हलमा हाउसफूल दर्शक पाएको थियो । आइतवार (आज) फूलपातीको दिन पनि धेरै हलहरू हाउसफूल रहेको निर्माता एवं निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् ।

दर्शकको बाक्लो उपस्थितिकै कारण गत शुक्रबार रिलिज नयाँ चलचित्र ‘बाबरी’ले भन्दा ‘प्रेमगीत ३’ले बढी शो पाएको छ । ‘प्रेमगीत ३’को नेपाली र हिन्दी दुवै संस्करणलाई दोस्रो सातामा पनि नयाँ रिलिज चलचित्रलाई भन्दा बढी शो दिइएको हो । भोलि सोमवार ‘प्रेमगीत ३’ नेपाली संस्करणले क्यूएफएक्समा ‘बाबरी’ले भन्दा दोब्बर बढी शो पाएको छ ।

देशभरका अधिकांश हलहरूमा दोस्रो साता पनि चलचित्र हेर्न दर्शकको उपस्थिति उत्साहजनक देखिएको हो । निर्माता एवं निर्देशक सन्तोषले लोकान्तरसँग भने, ‘दोस्रो सातामा पनि हलहरू भरिभराउ छन् । नेपाल, भारत लगायतका देशमा दर्शकहरूले एकदमै राम्रो माया दिइरहनुभएको छ । हामी एकदमै खुशी छौँ ।’

दशैं बिदामा मोफसलमा पनि चलचित्रको ब्यापार तुलनात्मक रुपमा निकै राम्रो हुने देखिएको छ । चलचित्र ‘प्रेम गीत ३’ हेर्न मोफसलका हलहरूमा दर्शकको उत्तिकै भीड छ । चलचित्रले पहिलो साता नेपालमा ८ करोड ग्रस कलेक्सन गरेको थियो । यस साता चलचित्रले अघिल्लो साताभन्दा धेरै व्यापार गर्ने अनुमान छ ।

सन्तोष सेन र दिवंगत छेतेन गुरुङको संयुक्त निर्देशन रहेको ‘प्रेमगीत ३’मा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउतलगायतको अभिनय छ । निर्माण टिमले नेपालमा राजधानीसँगै मोफसलका थुप्रै हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको थियो । दर्शकको प्रतिक्रियाबाट पनि निर्माण टिम एकदमै खुशी छ । निर्माता एवं निर्देशक सन्तोष, अभिनेता प्रदीपलगायतको टिम आइतवार भारत जाँदैछ । भारतका विभिन्न शहर पुगेर निर्माण टिमले हल भिजिट गर्नेछ ।लोकान्तर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपालसँगै विदेशमा रेकर्ड बनाइरहेको ‘महापुरूष’

क्लब फरेनहाइटमा एक्सिस लाइभ इन काठमाडौं

‘नेपथ्य लाइभ कन्सर्ट’ हुने

बलिउडमा डेब्यु गर्दै सलमान खानकी भान्जी अलिजेह

मिथुन चक्रवर्तीलाई भेट्न नेताले रद्द गरेका थिए र्‍याली

कन्तराले तोड्यो केजीएफ २ को रेकर्ड

कार्तिक आर्यन, इन्जिनियरिङको कक्षा बंक गरेर हिरोको अडिसन दिन जान्थे

चुनाव र विश्वकपको असर देखिएन ‘महापुरुष’ मा

चौथो हप्तामा पनि हाउसफुल ‘महापुरुष’

चौथो सातामा ‘महापुरुष’, दिवा तथा रात्री शोमा शतप्रतिशत अकुपेन्सी

चुनावका कारण शनिबार बेलुका ५ बजेदेखि फिल्म हल बन्द हुने

चितवनमा साम्राज्ञी र पुष्प स्टार फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

%d bloggers like this: