सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘बौद्ध कथा’ र ‘मञ्जुश्रीको नेपालयात्रा’ पुस्तक लोकार्पण

२०७९ असोज १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बौद्ध साहित्यका दुई कृति ‘बौद्ध कथा’ र ‘मञ्जुश्रीको नेपालयात्रा’ को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित कार्यक्रमबीच दुई बौद्ध कृति सार्वजनिक गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रकाशित गरेको ‘बौद्ध कथा’ मा २५ कथा समावेश गरिएका छन् ।

विश्वविद्यालयको बौद्ध अध्ययन संकायले बौद्ध कथा साहित्य प्रतियोगिताको आयोजना गरेर त्यसबाट उत्कृष्ट मानिएका कथा यस पुस्तकमा समावेश गरिएका छन् । बौद्ध वाङ्मयमा कथा साहित्यको विशिष्ट स्थान रहेको छ । विश्वविद्यालयले नेपाली भाषामा बौद्ध साहित्य विकासकै लागि प्रतियोगिता आयोजना गरेर त्यसको संग्रह निकालेको हो ।

यसमा प्रतियोगितामा पहिलो भएको तारानिधि भट्टराईको ‘सहअस्तित्व’, दोस्रो भएको अर्चना शाक्यको ‘प्रतिविम्ब’ र तेस्रो भएको जनक कार्कीको द्वादशनिदान समावेश छन् । लुम्बिनी सम्यक फाउन्डेसनले प्रकाशन गरेको ‘मञ्जुश्रीको नेपालयात्रा’ को पटकथा भने विश्वविद्यालयकै डिन मानिकरत्न शाक्यले लेखेका हुन् ।

काठमाडौं उपत्यका महामञ्जुश्रीको दर्शनबाट प्रभावित मानिन्छ । मञ्जुश्रीले नै काठमाडौं उपत्यकाकालाई बस्तीयोग्य बनाएको विश्वास गरिन्छ । तिनै मञ्जुश्रीलाई केन्द्रमा राखेर पटकथा प्रस्तुत गरिएको हो । कार्यक्रमका अवसरमा डिन शाक्यले नेपाली भाषामा बौद्ध साहित्यको अभिवृद्धिका लागि विश्वविद्यालय भविष्यमा अझ सक्रिय रहने कार्यक्रम रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

साहित्यका पारखी बालकृष्ण

‘जून ओर्लेको रात’ बजारमा

अविरल जनसाहित्य यात्रामा पौडेलका कविता

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

कार्यकारी अध्यक्षद्वारा लिखित ‘शहरक भीडमे एसगर हम’ सार्वजनिक

केदार पोखरेलको कविता सङ्ग्रह ‘मान्छे मार्ने तलाउ’को लोकार्पण

विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री

चैत १७ गते बृहत् ‘साङ्गीतिक गजल गुञ्जन’

एक हजार एक सय वढी पृष्ठको संग्रहणीय पुस्तक सार्वजनिक

सहित्यकार लामाको ‘स्मृतिका बिम्बहरू’ विमोचन

‘देय् नइगु बाखं’ सार्वजनिक

‘नदीको राजमार्ग’माथि परिचर्चा