सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘सुगर र प्रेसरका रोगीले यसरी खान सकिन्छ दशैंमा खसीको मासु’: डा. दीपेश शाक्य (अन्तवार्ता)

२०७९ असोज १६, आइतबार

डेंगूको महामारीबाट हामीले आफूलाई कसरी जोगाउन सक्छौं ?

अहिले जुन प्रकारले डेंगू लगायतका रोगहरु बढिरहेको छ, यी सबै प्रकोपहरुबाट बच्नका लागि सबैभन्दा पहिला त सरसफाइमै ध्यान दिनु पर्छ । सरसफाइ भनेर हामीले हात मात्रै धोएर पनि हुँदैन, हाम्रो वरपरको वातावरण नै सफा गर्नु पर्ने आवश्यकता छ । यसबाहेक हामीले खाने हरेक खानेकुरा राम्ररी सफा गरिएको हुनुपर्छ । तरकारी लगायतका खाद्य पदार्थहरु बाहिरबाट सफा गरेर ल्याउनु पर्छ । यसबाहेक सिजनमा जे कुरा उपलब्ध छ, त्यही खानुपर्छ । अफ सिजनको कुनै पनि खानेकुरा खानु हुँदैन । अफ सिजनका खानेकुरामा रसायनको प्रयोग गरिएको हुन्छ । उमालिएको पानी मात्र पिउनु पर्छ । पानी पर्ने मौसम भएकाले पानीमा विभिन्न जिवाणुहरु समेत मिसिएका हुन्छन् । पानीमा हानिकारक कणहरु समेत हुन्छन् । पानीबाटै संक्रमणको थालनी हुन्छ । त्यसैले हामीले सरसफाइमा ध्यान दिनै पर्छ । आफ्नो भोजनमा पोषण तत्वयुक्त खानेकुरा समावेश गर्नु पर्छ । चिल्लो, पीरो, बाहिर बजारमा पाइने मसलायुक्त खानेकुरा सकेसम्म खानु हुँदैन । घरमै बनेका साधा खानेकुरा मात्र खानु पर्छ । दाल, दालको झोल, फलफूल, दाल–भात–तरकारी खाएर आफूलाई स्वस्थ्य राख्न सकिन्छ ।

खानपिनबाहेक अन्य केही उपाय छन् कि ?

डेंगूबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । त्यसका लागि घर वरपर पानी जम्न दिनु हुँदैन । बिहान बेलुका घरबाट बाहिर ननिस्कनु राम्रो हो, निस्कनै परे पुरै शरीर ढाकिने लुगा लगाउनु पर्छ । यसबाहेक हामीले आफ्नो दैनिकीमा योग, प्राणायम, ब्यायाम आदिलाई समावेश गर्नु पर्छ । खासगरी स्वास–प्रस्वास सम्बन्धि व्यायाम नियमित गर्नु पर्छ । सबैभन्दा महत्वपूर्ण कुरा, घरबाट बाहिर निस्कने क्रममा जहिले पनि मास्क लगाउनु पर्छ । हुन त कोरोना कालपछि प्रायः सबै मास्कप्रति सचेत हुनुहुन्छ, तर कोरोना नहुँदासमेत मास्कको अनिवार्य प्रयोग गर्नु पर्छ । धूलोका कणहरुबाट बच्नका लागि पनि मास्क लगाउनु पर्छ । मास्क नलगाउँदा त्यस्ता कणहरु सोझै फोक्सोमा पुग्ने डर हुन्छ । नेपाल त्यसै पनि वातावरण प्रदूषणका लागि विश्वमै चौथो नम्बरमा पर्छ । त्यसैले पनि मास्कको अनिवार्य प्रयोग गर्नु पर्छ ।

प्रसंग बदलौं, दसैं लागेको छ । चाडपर्वमा हामीले कस्तो खानपिन गर्नु उचित हुन्छ ?

मानिसहरुमा दसैं भन्ने बित्तिकै खसीको मासु खाने चाड हो भन्ने बुझ्नु हुन्छ । यो गलत कुरा हो । हामी त दसैंमा मात्र होइन, कुनै पनि बेला रातो मासु, खासगरी खसरीको मासु नखाउँ नै भन्छौं । किनभने खसीको मासु भनेको मुटुको रोगको घर हो । खसीको मासुले कोलेस्ट्रोल बढाउँछ । त्यसैले सकेसम्म खसीको मासु नखाने प्रयास गर्नु पर्छ । तर, दसैंमा खसीको मासु खाने हाम्रो संस्कृति नै हो, त्यसैले संस्कृतिविरुद्ध जाउँ भन्न मिल्दैन । त्यसैले हामी सकेसम्म कम मात्रामा खसीका मासु खान आग्रह गर्छौं । तर, पक्कु लगाएर, धेरै दिनसम्म राखिएको मासु भने खानै हँुदैन । यसले ग्याष्ट्रिक, अल्सर, कन्स्टिपेसन जस्ता समस्या निम्तिन्छ । दसैंमा प्रायः घरमा एउटा खसी काटेर धेरै दिनसम्म त्यसको परिकार बनँएर खाने चलन छ, जुन स्वस्थकर हुँदै होइन । धेरै दिनसम्म राखिएको बासी मासुले पेटमा नकारात्मक असर पार्दै क्यान्सर समेत हुनसक्छ । दसैंमा भुटन खाँदा रमाइलो त हुन्छ, तर त्यसले एसिडिटी, कोलेष्ट्रोल, ग्याष्ट्रिक, अपच, कब्जियत आदि हुने सम्भावना बढी हुन्छ । चिल्लो, मसलादार मासुका परिकार, रक्सी, चुरोट, खैनी जस्ता अखाद्य बस्तुको सेवनबाट सकेसम्म बच्नु पर्छ ।

तर दसैंमा त रमाइलोका लागि पनि खाने चलन छ नि ?

त्यो त हो । तर दसैं भनेपछि साथीभाइहरु भेला भएर रक्सी, मासु, चुरोट खाने संस्कृतिको विकास भरहेको छ । तीजमै पनि कतिपय जमघटमा रक्सीको उपभोग बढी नै भएको पाइएको छ । एक प्रकारले भन्ने हो भने रक्सी, चुरोटले हाम्रो संस्कृति नै नास गर्न थालिसकेका छन् । जमघटमा हुने प्रतिस्पर्धाहरुले मान्छेलाई शारीरिक मात्र होइन मानसिक रुपमा समेत वेफाइदा पुगिरहेको पाइएको छ । सक्नेले त त्यस्ता जमघट गर्लान्, नसक्नेले के गर्ने ? यसले मानसिक तनावमात्र नभएर मेन्टल हेल्थ नै बिग्रिने सम्भावना हुन्छ । शरीर बिग्रन्छ, संस्कृति बिग्रन्छ । त्यसैले चलन हो भन्दैमा चाडपर्वमा विकृती भित्रिन दिनु हुँदैन जस्तो लाग्छ ।

यहाँको विचारमा चाडपर्वको भोजन कस्तो हुनुपर्छ ?

सबैभन्दा मुख्य कुरा हामीले खाने खाना स्वस्थ्य अर्थात हेल्दी हुनु पर्छ । खानामा धेरै भन्दा धेरै फलफुल (फ्रुट सलाद) हुनुपर्छ । चिल्लो काटिएको दुध प्रसस्त पिउनु पर्छ । मासु नखानु भन्दिन, तर सकेसम्म खसीको मासुको तुलनामा कुखुरा र माछालाई बढी प्राथमिकता दिनु पर्छ । कुखुरा र माछा पकाउँदा सकेसम्म कम तेल प्रयोग गर्नु पर्छ । कुखुराको मासु र माछाका परिकार बनाउँदा तेलको प्रयोग कम गरियो भने त्यो स्वस्थ्यवद्र्धक हुन्छ । यसबाहेक गेडागुडी (क्वाँटी), दालको रस आदि पनि प्रसस्तमात्रा खान सकिन्छ ।

कोरोनापछिको चाडपर्वमा हामीले के के कुरामा ध्यान दिनु पर्छ ?

सबैभन्दा प्रारम्भमा त हामीले आफू सुरक्षित रहेर चाडपर्व मनाउनु पर्छ । दसैं, तिहार जस्ता चाडपर्वमा धेरै हुलुमुल गर्नु हुँदैन । परिवारमा यदि कसैलाई रुघाखोकी लागेको छ भने अरुसंग घुलमिल हुनु हुँदैन । रुघाखोकी लागेको छ भने तुरुन्तै कोभिड परीक्षण गराएर ढुक्क भएर बस्नु पर्छ । परीक्षण नगरी चाडपर्व मनाउने जमघटमा जाँदा बालबालिका तथा ज्येष्ठ नागरिकहरुमा संक्रमण सर्ने डर हुन्छ । सानो केयरलेसले गर्दा सबै परिवारमै संक्रमण फैलिन सक्छ । त्यसैले यो वर्षको दसैंमा पनि ठूलो ग्यादरिङ नगरौं भन्न चाहन्छु । ग्यादरिङ गर्नै परे खुल्ला ठाउँमा गरौं, धेरै जना भेला हुँदा अनिवार्य रुपमा मास्क लगाउने गरौं । छ फिटको दुरी कायम राखौं । किनभने अझै पनि कोभिड हामीमाझ बाट गैसकेको छैन । कोभिड अहिले पनि हामी बीचमै छ । खोपले गर्दा हाम्रो इम्युनिटी बढेरमात्र हामी कोभिडविरुद्ध लड्न सकेको हो । वास्तविकता के हो भने कोभिड अझै गैसकेको छैन । वास्तवमा यो कोभिड आफैंमा बहुरुपी छ, आफ्नो रुप परिवर्तन गरिरहन्छ । त्यसैले यसबाट बच्न अथवा यसलाई जित्नका लागि हामी सावधान हुनै पन पर्छ । अन्थयता यो फेरी पनि फर्केर आउन सक्छ ।

चाडपर्वमा कस्ता व्यक्तिहरुले विशेष सचेत हुनुपर्छ ?

मधुमेय, रक्तचाप, थाइरोइड, नशा, दम आदि रोगका विरामीहरुले चाडपर्वमा मात्र होइन हरेक समय सचेत रहनु पर्छ । नशा सम्बन्धि रोग भएका व्यक्तिले रक्सी, चुरोटको सेवन गर्नु हुँदैन । मधुमेयका रोगीले गुलियो खानेकुरा खानै भएन । चिल्लो, पीरोबाट पनि बच्नु पर्छ । प्रेसरका रोगीले पनि अमिलो, चिल्लो, पीरोबाट बच्नु पर्छ । नुनको मात्रा मिलाएर खाना खानु पर्छ । बाथका रोगीले रातो मासु तथा गेडागुडी खानु भएन । समग्रमा कुनै पनि रोगबाट पीडित हुनु हुन्छ भने चाडपर्वमा विशेष मुख बार्नु पर्छ । चिल्लो, पिरो, अमिलो, रातो मासु, रक्सी, चुरोट, सूर्ती आदिबाट टाढै बस्नु पर्छ । सन्तुलित खाना खानु पर्छ, कार्बोहाइड्रेट कम भएको खानामा जोड दिनु पर्छ । साग–सब्जी बढी खाएर दसैं मनाउनु स्वस्थ्यवद्र्धक हुन्छ ।

मासुका पारखीहरुलाई के सुझाव दिनु हुन्छ ?

हामीले कसैलाई पनि मासु खाँदै नखानु भन्न मिल्दैन, चाडपर्वमा त झनै मिल्दैन । तर, सकेसम्म रातो मासु खानु कम मात्रामा खानु होला भन्न सक्छौं । रातो मासुको साटो माछा र कुुखुराको मासु बढी खान सकिन्छ । कुखुराको मासु पनि छाला निकालेरमात्र खानु पर्छ । खसीको मासु खानै परे स्वादका लागि एक–दुई पिस खान सकिन्छ, त्यो पनि बोसो निकालेर खानु पर्छ । खसीको मासुमा झोल हालेर खान सकिन्छ । तर भुटन अर्थात खसीको आन्द्रा–भुँडी त खानै हुँदैन । अझ मानिसहरु खसीको दिमागसहित बोसो बढी भएका अंगहरु खान मन पराउँछन्, जुन स्वास्थ्यका लागि अति नै हानिकारक छ । सबैभन्दा महत्वपूर्ण कुरा, मासुका परिकार बनाउँदा नुन, तेल, मसलाको प्रयोग सकेसम्म कम मात्रामा गर्नु पर्छ ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

मैले प्रारम्भमै पनि भनेको छु, अहिले चाडपर्वको मौकामा काठमाडौंमा संक्रमणको दर उच्च भएको छ । तीजको दर खाने दिन मैले मात्रै तीन घण्टाको अवधिमा झण्डै पचास–साठी महिला विरामीको उपचार गरें । अहिले युवापुस्ताका व्यक्तिहरु संक्रमणको शिकार हुनु भएको छ । अहिले इन्फेक्सन बुम भएको छ भन्दा फरक पर्दैन । त्यसैले यो सबैबाट बच्नका लागि व्यायाम, भोजन, पोषण, सरसफाइमा ध्यान दिनु पर्छ, समयमा खाना खाने कुरामा ध्यान दिनु पर्छ । हामीले जस्तो खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ भन्ने बुझ्नु पर्छ । तनावरहित जीवन बाँच्नु पर्छ । समयमै आफ्नो शरीरलाई चिन्नु पर्छ । आफ्नो शरीरको तौल, प्रेसर, पल्स, आदि सबै कुराका बारेमा अपडेटे हुनुपर्छ अर्थात आफ्नो स्वास्थ्यको बारेमा आफैं नै सजक हुनुपर्छ । यसो गर्न सकेमा हामी स्वस्थ्य जीवन बाँच्न सक्छौं । कलाकर्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुराना दल र नेताको व्यवहारले आजित जनताको मत नयाँ र स्वतन्त्र भनिएकाले पाए । – चित्र बहादुर केसी (अन्तवार्ता)

गठबन्धनको बहुमत आउँछ भन्ने थियो तर राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा मत बाँडियो । – डा. प्रकाशशरण महत (अन्तवार्ता)

प्रस्ट मुद्दा ल्याउने व्यक्ति नेतृत्वमा पुग्नुपर्छ : काँग्रेस नेता, प्रदीप पौडेल (अन्तवार्ता)

दलहरूले घोषणापत्र लागू नगरे आयोगले कारबाही गर्नुपर्छ : प्राध्यापक डा. सुरेन्द्र लाभ (अन्तवार्ता)

यसपटकको निर्वाचनमा केही न केही नयाँपन छ : प्रमुख आयुक्त थपलिया (अन्तवार्ता)

‘प्रचण्डले आफ्नो फाइदा र शक्ति आर्जन गर्नका लागि हामीलाई लात हान्ने तयारी गरेका थिए ।’ – केपी शर्मा ओली (अन्तवार्ता)

उम्मेदवारको राजनीति चरित्र, प्रवृत्ति र योजना हेरेर मत दिनुहोस् : डिल्लीराम सुवेदी (अन्तर्वार्ता)

हेटौंडाका मतदाताले प्रतिगमनकारीलाई हैन गठबन्धनलाई मतदान गर्छन्। – काँग्रेस नेतृ, महालक्ष्मी उपाध्याय डिना (अन्तवार्ता)

गठबन्धनमा रहेका दुईवटा पार्टी राष्ट्रिय पार्टीबाट बाहिरिनेमा ढुक्क छौं । – एमाले महासचिव, शंकर पोखरेल (अन्तवार्ता)

‘एमाले त माओवादीभन्दा पनि सानो हुन्छ’ – माधव कुमार नेपाल (अन्तवार्ता)

हामी सुशासन, सेवाप्रवाह, स्वायत्ताता र प्रत्यक्ष लोकतन्त्रको एजेन्डा लिएर होमिएका छौं। – डा. सिके राउत (अन्तवार्ता)

सत्तामा जान मात्र काँग्रेसले गठबन्धन गरेको होइनः कांग्रेस सहमहामन्त्री, राठौर (अन्तवार्ता)

%d bloggers like this: