सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ब्याडमिन्टनको उपाधि भट्ट र खत्रीको जोडीलाई

२०७९ असोज १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कञ्चनपुरको महेन्द्रनगरमा जारी जिल्ला स्तरीय पुरुष खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि महेशप्रसाद भट्ट र दिपक खत्रीको जोडीले जितेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा राजेन्द्र थापा र टङ्कप्रसाद भट्टको जोडीलाई सोझो सेटमा पराजित गर्दै भट्ट र खत्रीको जोडी विजयी भएको हो ।

कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा उपाधि विजेत टोलीले रु २१ हजार, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । विजेता खेलाडीलाई जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले पुरस्कृत गरेका थिए ।

यसैगरी उपविजेता थापा र भट्टको जोडीले रु ११ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिता संयोजक शेरबहादुर सिंहका अनुसार प्रतियोगितामा सिनियर र जुनियर ‘बी’ गरी छुट्टाछुट्टै खेल आयोजना गरिएको थियो । सिनियरतर्फ लोकेन्द्रसिंह ठगुन्ना र विवेक ऐर तथा रामचन्द्र रेग्मी र मोहन साउँदको जोडी तृतीय भयो । उनीहरुले रु पाँच हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

जुनियर ‘बी’तर्फको उपाधि कुवेर खड्का र लोकेन्द्रसिंह ऐरको जोडीले जितेको छ । फाइनलमा कमल रोकाया र शिवलाल चौधरीको जोडीलाई पराजित गर्दै खड्का र ऐरको जोडीले उपाधि जितेको हो । उनीहरुले रु  १० हजार प्राप्त गरे । उपविजेता रोकाया र चौधरीको जोडीले रु पाँच हजार पुरस्कार प्राप्त ग¥यो ।

यस्तै जुनियर ‘बी’तर्फ सुरेन्द्र ओझा र हरिप्रसाद भट्ट तथा किशोर जैरु र दिपक कुवँरको जोडीले तृतीय स्थान हासिल ग¥यो । उनीहरुलाई रु एक हजार पाँच सय नगद, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरियो । समापन समारोहमा समन्वय समितिका प्रमुख दुर्गा बोहरा, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँर, नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष हरकसिंह धामी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुवेर खड्का, कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घका संस्थापक अध्यक्ष क्षत्रज्ञनारायाण खत्रीलगायत सहभागी थिए । बडादसैँ र दिपावलीको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा जिल्लाभरबाट ५० टोली सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतले दियो अष्ट्रेलियालाई १ सय ६१ रनको लक्ष्य

युरोकप २०२४ को ड्र, कुन देश कुन समुहमा परे ?

स्पेनिस ला लिगा : डियाज र रोड्रीगोको गोलमा रियल म्याड्रिड विजयी

ईङलिश प्रिमियर लिग : न्यूक्यासलसँग म्यानचेस्टर युनाइटेड १-० गोलले पराजित

सुपर लिगमा आज दुईवटा खेल हुदैँ

साउदी प्रो लिग : अल नासरमाथि अल हिलालको जित

नेपाल सुपर लिगमा धनगढी र ललितपुरले गोल रहित बराबरी खेले

रोहित र कोहलीविनै भारतले जित्यो अष्ट्रेलियाविरूद्ध टी-२० सिरिजको उपाधि

एनएसएलमा आज ‘डबल हेडर’ : झापा र पोखरा तथा धनगढी र ललितपुर भिड्ने

प्रहरी कप: नक्साल हेडक्वाटरलाई हराउँदै पोखरा प्रहरी बिजयी

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

सुपर लिग: बिरगञ्ज र चितवन भिडदैँ