सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अध्यक्ष दाहालले बोली सच्याए, माधव नेपालले भने : अपमानित गर्ने प्रयास भयो

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भनाइलाई बंग्याएर पार्टी एकता गर्नु गल्ती भएको भनेर प्रचार गरिएको प्रति आपत्ति जनाएका छन् ।

जनकपुर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष दाहालले आफूले पार्टी एकता नगर्दा विकल्पहरु हुन्थ्यो, तर पार्टी एकता भइसक्यो, अब यो पार्टीलाई सफल गर्नुको विकल्प नरहेको भन्ने आशयलाई बंग्याएर पार्टी एकता गर्नु गल्ती भयो भनेर प्रचार गरिएको जिकिर गरे ।

अध्यक्ष दाहालले नेकपाको सरकारलाई अव पाँच बर्ष काम गर्न कसैले पनि रोक्न नसक्ने दाबीसमेत गरे ।

उनले समृद्ध नेपाल र सुखी नेपालीको मुख्य आकांक्षा अनुसार सरकार अघि बढेको दाबी गर्दै अब संवैधानिक र कानुनी आधार तयार भइसकेकाले विकासले पनि विस्तारै गति लिने विश्वास व्यक्त गरे ।

नेता माधवकुमार नेपालले पार्टी एकता गर्दा वरिष्ठ नेताहरु छुटेकाले उनीहरुलाई पनि समेटेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

वरिष्ठ नेता नेपालले पार्टी एकतापछि गठन भएको विभिन्न विभागको निर्माणमा पार्टीका वरिष्ठ नेताहरुलाई अपमानित गर्ने प्रयास गरेको आरोप लगाउंदै पार्टी विधान र सरकार दुवै ठीक ढंगबाट चल्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने

सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

रास्वपाको सचिवालय बैठक बस्दै

एमालेद्धारा २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ: सभापति थापा

जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन्: उपनेता पराजुली

रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल मनोनित

श्रम संस्कृति पार्टीमा सुदन किरातीको इन्ट्री, उपाध्यक्षसहित १५ केन्द्रीय सदस्य पाउने सहमति