सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रियसभा अध्यक्ष तिमल्सिना बेलायतमा

२०७९ असोज ३१, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना बेलायत आइपुगेका छन् । सोमबार बिहान हिथ्रो बिमानस्थलमा अध्यक्ष तिमल्सिनालाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ओएनएफ यूके अध्यक्ष तुंग भद्र भुसाल, दूतावासका प्रवक्ता रोशन खनालले स्वागत गरेका थिए ।

तिमल्सिना सोमबार १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना हुन लागेको शुभकामना साँझ उद्घाटनमा सहभागी हुनेछन् ।

तिमल्सिनालाई स्वागत गर्न ओएनएफ युकेका नेताहरू बालकृष्ण भुसाल, भीमलाल भट्टराई, गंगा क्षेत्री, अलकल जंग लामा, सरस्वती केसी, भुपेन्द्र पाठकलगायतले एयरपोर्टमा स्वागत गरेका थिए ।

गत आइतबार २ अक्टोबरमा बसेको कार्यसमितिको पूर्ण बैठकले १७ अक्टोबरमा दशैं तिहार शुभकामना साँझ गर्ने निर्णय गरेको थियो । शुभकामना साँझमा नेपालीबाट आएका कलाकारसँगै स्थानीय कालाकारको पनि सहभागिता रहने ओएनएफले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

दुई संसदीय समितिको बैठक बस्दै

राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको होः अध्यक्ष दाहाल

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल

तीन वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदका पाँच समितिको बैठक बस्दैँ

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा सात जना मनोनयन

राष्ट्रिय सभाको बैठक एक साता पछि बस्ने गरी स्थगित

श्रीलंका टापुको बस्ती स्थानान्तरण गर्न सुझाव, प्रतिवेदन राष्ट्रिय सभामा पेस

संसद्‌मा कांग्रेसको प्रश्न: लामिछानेलाई बुर्लुक्क उफ्रिएर स्वार्थ बाझिने मन्त्रालय किन चाहियो ?

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

प्रतिनिधिसभा बैठक बस्दै, बिनियोजन बिधयेकमाथी छलफल जारी