सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाडौंमा बलिउड फिल्म ‘उचाई’ को विशेष शो सम्पन्न

२०७९ मंग्सिर १, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:


काठमाण्डौः गत शुक्रवारदेखि प्रदर्शन भएको बलिउड फिल्म ‘उचाई’ को नेपालमा विशेष शो सम्पन्न भएको छ। हिजो बेलुका वान सिनेमाजमा भएको ‘स्पेशल शो’ मा वितरक टिमले फिल्म हेर्न पुगेका सबैलाई ढाकाटोपी लगाएर स्वागत गरेको थियो।

साथै कलाकार सरोज लामिछानेले सगरमाथाको पेन्टिङ् बनाएर फिल्मको नाम लेखेका थिए। सरोजले फिल्म उचाईमा अनुपम खेरको डमीको रुपमा काम गरेका छन्। ट्राभलर्स क्रिउ फिल्मस्ले नेपाल ल्याएको यस फिल्मलाई ‘विशेष शो’ मा सकारात्मक प्रतिक्रिया मिलेको थियो। शोमा उपस्थित कलाकार एवम् अन्य व्यक्तिहरुले यस फिल्मले नेपालको पर्यटन विकासमा सहयोग गर्ने बताएका छन्।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले यस फिल्मले नेपाललाई संसारभरि चिनाउन सहयोग गर्ने बताए। उनले विदेशी आएर नेपालमा फिल्म छायाङ्कन गर्नु ठूलो कुरा भएको बताउँदै यसले पर्यटनमा समेत टेवा पुर्‍याउने धारणा राखे। त्यसैगरि, प्रोडक्सन डिजाइनर शंकर पाण्डेले नेपालमा छायाङ्कन गरेको यस फिल्मलाई एकपटक सबैले हेर्न अनुरोध गरे।

विशेष शोमा कलाकारहरु सुनिल थापा, वर्षा कर्माचार्य, शिल्पा मास्के, भोला सापकोटा, लेखक सम्पदा मल्ल, मिस नेपाल प्रियंका रानी जोशी लगायत नेपाल पर्यटन बोर्ड लगायतको उपस्थिति थियो।

बलिउड फिल्म ‘उचाई’ ले भारतमा उत्साहजनक व्यापार गरिरहेको छ। नेपालमा पनि फिल्मले माउथ पब्लिसिटीका कारण राम्रो पिकअप लिने आशा गरिएको छ।

सुरज वर्जत्य निर्देशित फिल्मले चार मिल्ने साथीहरूको मित्रताको कथालाई समेटेको छ। फिल्ममा अमिताभका साथै अनुपम खेर, बोमन इरानी, ड्यानी डोन्जोङ्पा लगायत परिणिती चोपडा र सारिका हसनको पनि महत्त्वपूर्ण भूमिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पहिलो पटक मिस युनिभर्समा भाग लिदै साउदी अरब

फिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी, करोडौंमा बिक्यो

‘बडे मियाँ छोटे मियाँ’मा मास्कवाला भिलेन, जसको फिल्मले कमाएको थियो ७०० करोड

भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने

केपी ओलीले हेरे ‘महाजात्रा’

नेपाल फर्किदै रेखा, नयाँ फिल्म बनाउने

म हिरो बन्छु भन्दा हाँस्थे, खिसी गर्थे: विपिन कार्की

अमेरिकाको १० बढी शहरमा `उपहार´ को रेगुलर शो हुने

‘महाजात्रा’ प्रिमियरका दर्शकले भने– यो फिल्म जात्रा र जात्रै जात्राभन्दा राम्रो र अब्बल छ

४८ दिनमा सकियो फिल्म ‘पुजार सार्की’ को छायांकन

१०० कराेड कमाउने पहिलाे हरर फिल्म बन्याे ‘शैतान’

रेखाको उपहार: अमेरिकाको कोलोराडाे राज्यमा हाउसफुल