सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संसारकै अनौठो हत्यारा, जसले मान्छे मारेर यौनांग खाइदिए

२०७९ मंग्सिर १, बिहिबार

काठमाण्डौः हत्या आफैंमा गम्भीर अपराध हो । तर केही हत्या यस्ता हुन्छन्, जसमा हत्यापछि पनि अपराधीले शवमाथि अत्याचार गरेर अर्को अपराध गरेको हुन्छ ।

जर्मनीको रोटेनबर्गमा बस्ने आर्मिन मेवेसले एकजना व्यक्तिलाई आफ्नो घरमा बोलाएर उसको हत्या गरे अनि मारिएको व्यक्तिको गुप्तांग काटेर पकाउर खाए । यत्तिले मात्र पुगेन, उनले त्यो सबै घटनाक्रमको भिडियो पनि तयार गरे ।

पेसाले कम्प्युटर टेक्निसियन हुन् आर्मिन । यो घटना सन् २००१ मा भएको हो । आर्मिनले बर्नाड ब्रान्डेस नामका व्यक्तिलाई रोटेनबर्गस्थित आफ्नो घरमा बोलाएर हत्या गरेका थिए । हत्यापछि उनको यौनांग काटेर पकाएर खाए अनि त्यो सबै कामको भिडियो खिचेर वेबसाइटमा अपलोड गरेका थिए ।

आर्मिनलाई सन् २००२ मा प्रहरीले उक्त हत्या अपराधमा गिरफ्तार गर्‍यो । सन् २००४ मा उनलाई जन्मकैदको सजाय भयो । यद्यपि अहिले उनको कैद सजाय भुक्तान भैसकेको छ । आफूले हत्या गरेका व्यक्ति आफैंले स्वयंसेवकको रुपमा आफूसँग सम्पर्क गरेको आर्मिनको दाबी छ । आफूले आफ्नो वेबसाइटमा हालेको विज्ञापनका आधारमा ब्रान्डेसले आफूसँग सम्पर्क गरेको उनको जिकिर छ ।

उनका अनुसार जर्मनीमा मान्छेको मासु खाने लत भएका मानिसको संख्या करिब ८ सय छ । ती मानिसहरुले मान्छेको मासु खाएरै संसारको दैवी शक्तिसँग सम्बन्ध स्थापित गर्न चाहेको उनले बताएका छन् । अदालतमा बयान दिने क्रममा आर्मिनले आफूलाई बाल्यकालदेखि नै मान्छेको मासु खाने सपना रहेको बताएका थिए ।

आमाको निधनपछि आफूले आफ्नो एक बाथरुमलाई बधशालामा परिणत गरेको उनले बताएका छन् । आर्मिनले ब्रान्डेसलाई मारेर केवल उनको यौनांग मात्र खाएनन् सबै शरीरको मासुलाई १० महिनासम्म फ्रिजमा राखेर दैनिक मासु पकाएर खाए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तासको ५० तले घर बनाएर गिनिज रेकर्ड

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि यी व्यक्तिले ब्युँझिएर हाने छुरा, भए फरार!

मिर्गौला दिएकाे १० महिनामै प्रेमीले ब्रेकअप गरेपछि…

यी युवती जो डाइजेस्टिभ बिस्कुट खाएर जीवन बितइरहेकी छिन्

विश्वकप फुटबल शुरु हुनुअघि जान्नैपर्ने केहि रोचक रेकर्ड

चमेराको मासु खाएर भिडयो सार्वजनिक गर्ने महिला फन्दामा

अस्ट्रेलियामा भेटियो अचम्मको सार्क माछा!

३३ सेकेन्डमा विश्वकै ताता खुर्सानी खाएर गिनिज रेकर्ड

चीनमा ८३.४ मिटरको रुख सबैभन्दा अग्लो !

जड्याहा यात्रुले विमान परिचरको औँला टोकिदिएपछि…

अफिस जानुअघि श्रीमतीलाई चुम्बन गर्ने पुरुषहरूले कमाउँछन् धेरै पैसा !

सपना सम्बन्धी १४ तथ्य जसले तपाईंलाई आश्चर्यमा पारिदिन सक्छ

%d bloggers like this: