सदाबहार खबरको रफ्तार ....
बैसाख १३, २०८१ बिहिबार
April 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव: नाट्यकर्मीको अनुभव आदान–प्रदान

२०७९ मंग्सिर २, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ (निटफेस्ट २०२२) को पूर्वसन्ध्यामा ‘म त लालिगुराँस भएछु’ शीर्षकमा नाट्यकर्मीहरूले आफ्ना अनुभव आदान–प्रदान गरेका छन्। पुराना पुस्ताका नाट्यकर्मीहरूले यस सेसनमा नयाँ कलाकारसँग आफ्ना अनुभव साझा गरेका हुन्।

निटफेस्टले अग्रज रंगर्मीहरूसँग नेपाली रंगमञ्चका अनुभव, कला, शैली, संघर्ष र तत्कालीन समय सन्दर्भबारे अन्तर्क्रिया गरेको हो। कार्यक्रममा अग्रज रंगकर्मीहरू पुस्कर गुरुङ, विजय विस्फोट, वीरेन्द्र हमालसँग रंगकर्मी सरिता गिरीले छलफल गरेकी थिइन्। अन्तर्क्रियाका क्रममा डबली थिएटरका संस्थापक पुस्कर गुरुङले अहिलेको पुस्ताले नाटकमा निकै राम्रो गरिरहेको बताए।

त्यस्तै, नाटककार, निर्देशक, अभिनेता विजय विस्फोटले राज्यले रंगकर्मीलाई चिन्न नसकेको गुनासो गरे। ‘देशले अझै पनि रंगकर्मी चिनिरहेको छैन, यहाँ रंगमञ्चको शैलीसँगै नीतिगत कुरामा जोड दिनुपर्छ,’ उनले भने।

नेपाली रंगमञ्चमा कलाकार, एमआर्ट थिएटरका संस्थापक वीरेन्द्र हमालले कुनै समय आफू रित्तिएर नेपाली रंगमञ्चमा केही भर्ने प्रयास गरेको अनुभूति सुनाए। ‘कुनै वेला आफूले जन्माएका कलाकारका सामु यसरी नेपाली रंगमञ्चको अनुभव बाँड्न पाउनु आफू भरिएको अनुभूति भइरहेको छ,’ उनले भने। मंसिर ९ देखि १७ गतेसम्म हुने महोत्सवमा विभिन्न देशका २२ नाटक, विभिन्न तालिम, सेमिनार, कार्यशाला, अन्तर्क्रिया, कला प्रस्तुतिहरू हुनेछन्। मण्डला थिएटरले आयोजना गरेको महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे, कम्बोडिया र अर्जेन्टिनाका नाट्य समूहहरू सहभागी हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

छिन्नलता गीत पुरस्कारको घोषणा

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी

तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” सार्वजनिक

‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’

‘विनोद–सुमन’ पत्रकारिता पुरस्कारको घोषणा

नेता महतोको ‘अधुरा क्रान्ति’ सार्वजनिक

अन्तर्राष्ट्रिय कवि सम्मेलन

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

तीन सर्जकका तीन कृति लोकार्पण

‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई

गीतकार थापा र गायिका देशार सम्मानित

‘वसन्त रितु’ मा सबै जाति र भाषा फलाउने–फुलाउने सन्देश