सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नारी स्रष्टा समाजद्वारा साहित्यकारहरू सम्मानित

२०७९ मंग्सिर ३, शनिबार

काठमाण्डौः विराटनगरमा स्थापित नारी स्रष्टा समाजले काठमाडौंमा कार्यक्रम आयोजन गर्दै साहित्यका विभिन्न क्षेत्रमा क्रियाशील सर्जकहरूलाई सम्मानित गरेको छ ।

बिहीबार आयोजित कार्यक्रममा समाजले ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान’ साहित्यकार तुलसीहरि कोइराला, ‘कविराज स्रष्टा सम्मान’ साहित्यकार भीष्म उप्रेती र ‘हेमलता स्रष्टा सम्मान’ साहित्यकार विनोद नेपाललाई समर्पण गरेको छ । पुरस्कारकासाथ कोइरालालाई १५ हजार नगदराशि प्रदान गरियो भने उप्रेती र नेपाललाई ११/११ हजार नगदराशि प्रदान गरियो ।

सोहीअवसरमा समाजले स्रष्टाहरू राधेश्याम लेकाली, मञ्जिला अनिल, बिन्दु अधिकारी ढकाल, रिता खत्री, मीना श्रेष्ठ, निर्मला मुरारीलाई ‘मोहनलता सम्मान’बाट सम्मानित गरेको छ ।

कार्यक्रमका प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङले सर्जकहरूलाई सम्मानित गर्दै नारी स्रष्टा समाजले पुरुष सर्जकहरूलाई पनि सम्मानित गर्दै उदाहरणीय कार्य गरेको बताए ।

कार्यक्रममा साहित्यकार महेश प्रसाईं तथा डा. शैलेन्दुप्रकाश नेपालले सम्मानित स्रष्टाहरूको परिचय दिएका थिए ।
विराटनगरमा स्थापित स्रष्टा समाजको कार्यक्रम हरेक वर्ष मंसिर १ गते विराटनगरमा हुँदै आएकोमा यस वर्ष विविध कारणले गर्दा काठमाडौंमा नै गर्नु परेको समाजका अध्यक्ष ममता मृदुलले बताइन् ।

कार्यक्रममा सम्मानित सर्जकहरू उप्रेती, कोइराला, नेपाल र निर्मला मुरारीले लेखन अनुभूति सुनाएका थिए । सर्जक विनोद नेपालले आफूले प्राप्त गरेको नगदराशि समाजलाई नै समर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव : शबाना आजमीको मास्टर क्लास हुँदै

साहित्यको विकास, विकासमा साहित्य

दिन्छु तिमीलाई चोखो माया (कविता)

न्यूजील्याण्ड नेपाली साहित्य समाजद्वारा साहित्यकार कर्माचार्य सम्मानित

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव: नाट्यकर्मीको अनुभव आदान–प्रदान

मनदेवीको कथासंग्रह ‘छेँदुने’ सार्वजनिक

पराजुलीद्वय अनेसास शिखर पुरस्कारबाट सम्मानित

नेपाली लोकजीवनका हृदयस्पर्शी कथाहरू

नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता

‘गणेशमान सिंहको सङ्घर्ष’ सार्वजनिक

प्रथम गोर्खाश्री राष्ट्रिय पुरस्कारद्वारा सी. के. श्रेष्ठ सम्मानित

दुर्गादेवीलाई ‘गोधूलि विशेष पुरस्कार–२०७९’अर्पण

%d bloggers like this: