सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुरक्षाकर्मी अभावमा नियमित चेकिङबाट पछि हट्यो रुपन्देही प्रहरी (फोटो फिचरसहित)

२०७९ मंग्सिर ३, शनिबार

काठमाण्डौः रुपन्देही प्रहरीले सिद्धार्थ राजमार्गमा गरिरहेको नियमित चेकिङ हटाएको छ । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै भैरहवा क्षेत्रमा पर्ने सो सडक खण्डमा भइरहेको नियमित सुरक्षा जाँच हटाइ, प्रहरी प्वान्टहरू समेत बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहत रहेको बेलहिया बाइपास र अञ्चलपुरमा हुने नियमित चेकजाँच हटाइएको छ भने देवकोटा चोकस्थित प्रहरी बिट र बुद्धचोकमा तैनाथ सुरक्षाकर्मीहरू पनि हटाइएको छ ।

प्रहरीले नियमित चेकजाँचलाई निरन्तरता दिँदै थप सुरक्षा योजना गर्नु पर्नेमा भएको नियमित चेकजाँचलाई समेत अहिले हटाइएको छ । बिहानैदेखि भैरहवाको हाटबजार, आँखा अस्पताल, मेउडिहवा मिलनचोकलगायत हाइवेको पश्चिम तर्फमात्रै सुरक्षा चेकजाँच भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले भएका प्रहरी निर्वाचनमा खटिएकोले जनशक्ति अभावमा चेकजाँचमा केही ग्याप भएको बताए । शनिबार मुभमेन्ट पनि कम भएकोले ठाउँठाउँमा मोबाइल टोली, विभिन्न ठाउँमा चेकजाँच, मतदान केन्द्रहरू सुरक्षामा प्रहरी खटिएको छ, समग्रमा जिल्लाको सुरक्षा स्थिति राम्रो छ ।

निर्वाचनलाई लक्षित गर्दै जिल्लामा तीन हजार ९५ र एक हजार सात सय ३६ नेपाल प्रहरी खटिएका छन् । अहिले मतपेटिका बढी हुने भएकोले पहिलाभन्दा धेरै सुरक्षाकर्मी तैनाथ छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तस्बिरमा गोकुल बाँस्कोटाको विजयोत्सव

महिला हिंसाविरुद्ध र्‍याली (फोटोफिचर)

म्यादी प्रहरीको बिदाइ (फाेटाे फिचर)

काठमाडौंका सडक सुनसान, प्रहरीले गर्‍याे चेकजाँचमा कडाइ (फोटो फिचर)

रुपन्देहीमा मतदानको लागि तयारी पुरा [फोटोफिचर]

मतदान गर्न उपत्यकाबाट बाहिरिनेको भीड (फोटो फिचर)

भैरहवाका मुख्य प्रतिस्पर्धीको एकैदिन सडक कब्जागरी आमसभा (फोटोफिचर)

अछाममा सत्ता गठबन्धनको चुनावी सभा (फोटो फिचर)

पैदल यात्रा कार्यक्रममा ओली सहभागी {फोटोफिचर}

ईश्वर पोखरेलको घरदैलो (फोटो फिचर)

यस्तो रह्यो गगन थापाको घरदैलो: स्वागतसँगै सेल्फी (फोटो फिचर)

आचारसंहिता उल्लघन गर्दै गठबन्धन [फोटो फिचर]

%d bloggers like this: