सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रुपन्देहीमा मतदानको लागि तयारी पुरा [फोटोफिचर]

२०७९ मंग्सिर ३, शनिबार

काठमाण्डौः भोली हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको तयारी रुपन्देहीको भैरहवामा पुरा भएको छ । सिद्धार्थनगरमा रहेका १३ वटै वडामा तयारी पुरा भएको मतदान अधिकृतहरूले जानकारी दिएका छन् ।

रुपन्देहीमा १५ पदका लागि २ सय ३ जनाले उम्मेदवारी दिएका छन् । ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेको जिल्लामा २ सय ८ मतदान स्थल छ भने ५ वटा अस्थायी मतदाताका लागि स्थल थपिएको छ ।

कार्यालयका अनुसार रूपन्देही–१ मा प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा १ मा ११ र २ मा १४ जना उम्मेदवार छन् । रूपन्देही–२ मा प्रतिनिधिसभातर्फ १५, प्रदेशसभा १ मा १२ र २ मा ११ जना उम्मेदवार छन् ।

त्यस्तै रूपन्देही–३ मा प्रतिनिधिसभातर्फ २२, प्रदेशसभा १ मा ११ र २ मा ११ जना उम्मेदवार छन् । रूपन्देही–४ मा प्रतिनिधिसभातर्फ १३, प्रदेशसभा १ मा ६ र २ मा १२ जना उम्मेदवार छन् । रूपन्देही ५ प्रतिनिधिसभातर्फ १७, प्रदेशसभा १ मा १३ र २ मा १४ जना उम्मेदवार छन् ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार समग्र जिल्लामा तयारी पूरा भएको छ । विहान ७ बजे देखि मतदान हुने हुदा सबै जनशक्तिहरु फिल्डमा पुगिसकेका छन् । जिल्लाका हरेक मतदान केन्द्र र स्थलमा सुरक्षाकर्मी खटाइसकिएको छ । १२ वटा अनुगमन टोलीले हरेक निर्वाचन क्षेत्रको अनुगमन गर्नेछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तस्बिरमा गोकुल बाँस्कोटाको विजयोत्सव

महिला हिंसाविरुद्ध र्‍याली (फोटोफिचर)

म्यादी प्रहरीको बिदाइ (फाेटाे फिचर)

काठमाडौंका सडक सुनसान, प्रहरीले गर्‍याे चेकजाँचमा कडाइ (फोटो फिचर)

सुरक्षाकर्मी अभावमा नियमित चेकिङबाट पछि हट्यो रुपन्देही प्रहरी (फोटो फिचरसहित)

मतदान गर्न उपत्यकाबाट बाहिरिनेको भीड (फोटो फिचर)

भैरहवाका मुख्य प्रतिस्पर्धीको एकैदिन सडक कब्जागरी आमसभा (फोटोफिचर)

अछाममा सत्ता गठबन्धनको चुनावी सभा (फोटो फिचर)

पैदल यात्रा कार्यक्रममा ओली सहभागी {फोटोफिचर}

ईश्वर पोखरेलको घरदैलो (फोटो फिचर)

यस्तो रह्यो गगन थापाको घरदैलो: स्वागतसँगै सेल्फी (फोटो फिचर)

आचारसंहिता उल्लघन गर्दै गठबन्धन [फोटो फिचर]

%d bloggers like this: