सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चौथो हप्तामा पनि हाउसफुल ‘महापुरुष’

२०७९ मंग्सिर ४, आइतबार

काठमाण्डौः कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म महापुरुष चौथो हप्तामा पनि सफलताका साथ प्रदर्शन भइरहेको छ। प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म शुक्रबारदेखि तेस्रो हप्ता पार गरेर चौथो हप्तामा प्रवेश गरेको हो।

सामाजिक कथावस्तुमा बनेको कमेडी ड्रामा महापुरुषले बक्स अफिसमा आठ करोडभन्दा बढी कमाइ गरिसकेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म दृश्यम २ का कारण मल्टिप्लेक्सका केही शो कटौती भए पनि पाएका सबै शोमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ।

शुक्रबारका सबै शोमा ५० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको फिल्ममा शनिबार भने सबैजसो शो हाउसफुल रहेका छन्। समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको फिल्म बलियो वर्ड अफ माउथका कारण चौथो हप्तामा पनि दर्शकको उपस्थिति उच्च रहेको हो। यो हप्ता समेत गरी फिल्मले साढे ८ करोडभन्दा बढी कमाउने अनुमान गरिएको छ।

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रवीन्द्रसिंह बानिया, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म म्याक्स दीपेश खत्रीले निर्माण गरेका हुन् भने रवीन्द्रसिंह बानिया कार्यकारी निर्माता हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपालसँगै विदेशमा रेकर्ड बनाइरहेको ‘महापुरूष’

क्लब फरेनहाइटमा एक्सिस लाइभ इन काठमाडौं

‘नेपथ्य लाइभ कन्सर्ट’ हुने

बलिउडमा डेब्यु गर्दै सलमान खानकी भान्जी अलिजेह

मिथुन चक्रवर्तीलाई भेट्न नेताले रद्द गरेका थिए र्‍याली

कन्तराले तोड्यो केजीएफ २ को रेकर्ड

कार्तिक आर्यन, इन्जिनियरिङको कक्षा बंक गरेर हिरोको अडिसन दिन जान्थे

चुनाव र विश्वकपको असर देखिएन ‘महापुरुष’ मा

चौथो सातामा ‘महापुरुष’, दिवा तथा रात्री शोमा शतप्रतिशत अकुपेन्सी

चुनावका कारण शनिबार बेलुका ५ बजेदेखि फिल्म हल बन्द हुने

चितवनमा साम्राज्ञी र पुष्प स्टार फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

काठमाडौंमा बलिउड फिल्म ‘उचाई’ को विशेष शो सम्पन्न

%d bloggers like this: