सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चुनाव र विश्वकपको असर देखिएन ‘महापुरुष’ मा

२०७९ मंग्सिर ५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भाइटिकाको भोलिपल्ट रिलिज भएको फिल्म ‘महापुरुष’ चौथो सातामा प्रदर्शन भइरहेको छ । चुनाव र विश्वकप फुटबल प्रतियोगिताले यो फिल्मको व्यापारमा कुनै असर गरेको छैन ।  फिल्मले पाएको अधिकांश शो हाउसफुल भइरहेका छन् ।

दिवा तथा रात्री शोमा शतप्रतिशत अकुपेन्सी पाइरहेको फिल्मको शोमा समेत कटौती भएको छैन । दर्शकको छाप यथावत् रहेकै कारण मल्टिप्लेक्समा फिल्मको शो घट्न पाएको छैन ।

फिल्म हेर्ने आइपुगेका दर्शक सन्तुष्ट भएको प्रतिक्रिया पाउँदा कलाकारसमेत रहेका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ दंग छ । ‘हामीलाई फिल्मप्रति विश्वास भएर नै बिदापछिको डेट स्वीकारेका हौँ । केहीले बिदा सकिएपछि रिलिज नगर्न सल्लाहसमेत दिएका थिएँ । यद्यपि हेर्ने दर्शकले दिनुभएको वर्ड अफ माउथकै कारण शो बढिरहेका छन् र भरिभराउ छन्,’ बानियाँ भन्छन्, ‘फिल्म हेर्ने परिवार नै आइरहनु भएको हुँदा चौथो सातामा समेत शो भरिभराउ छन् ।’

मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा १८ शो पाएको छ । क्युएफएक्सअन्तर्गत दरबार सिनेम्याक्समा एक शो, भक्तपुरमा रहेको क्युएफएक्समा तीन शो, लबिम मलमा तीन शो, सिभिल मलमा तीन शो, ठमेलमा रहेको छायाँ सेन्टरमा एक शो दिएको छ । क्युएफएक्सकै मोफसलअन्तर्गत नेपालगन्जमा एक शो, बुटवलमा एक शो, नारायणघाटमा रहेको जलमामा तीन शो, विराटनगरमा एक शो, विर्तामोडमा एक शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा दुई शो, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा तीन शो, दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा एक शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा दुई शो, कीर्तिपुर सिनेप्लेक्समा एक शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा चार शो, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा एक शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा चार शो रहेको छ ।

बानेश्वरमा रहेको वान सिनेमाजमा दुई शो र कालिमाटीमा तीन शो दिएको छ । आइएनआइ सिनेमाजअन्तर्गत लोत्से मलमा दुई शो र बुटवलमा रहेको आइएनआइमा दुई शो दिएको छ ।

चौथो सातामा शो यथावत् रहनुले दर्शकको आकर्षण कम नभएको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए । ‘फुर्सद र समय मिलाएर आउने हुँदा बिहानीभन्दा दिवा र रात्री शो हाउसफुल छन् । हामीले दिन खोजेको सन्देशसँग दर्शक जोडिनु भएको छ । व्यापारसँगै फिल्म हेरेर निस्किँदा दर्शकको मुहारमा पाइने सन्तुष्टि नै हाम्रो सफलता हो’, निर्देशक भट्टराईले भने । फिल्मले अमेरिकामा प्रदर्शनको कीर्तिमान बनाइसकेको छ । फिल्म चौथो सातामा डलासमा समेत हाउसफुल छ । यस्तै, अस्ट्रेलियामा सफलताका साथ प्रदर्शन भइरहेको फिल्म युरोपमा नोभेम्बर र युएईमा डिसेम्बर १ बाट प्रदर्शन हुँदैछ ।

‘स्वदेशमा पाएको मायाले विदेशमा उच्च डिमान्ड छ । हामीले विस्तारै विदेशमा हुने शोबारे जानकारी दिईरहेका छौँ’, निर्माता दीपेश खत्रीले भने । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा रहेका छन् ।

फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अस्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महाजात्राले पहिलो सातामा कमायो ६ करोड २४ लाख

पहिलो पटक मिस युनिभर्समा भाग लिदै साउदी अरब

फिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी, करोडौंमा बिक्यो

‘बडे मियाँ छोटे मियाँ’मा मास्कवाला भिलेन, जसको फिल्मले कमाएको थियो ७०० करोड

भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने

केपी ओलीले हेरे ‘महाजात्रा’

नेपाल फर्किदै रेखा, नयाँ फिल्म बनाउने

म हिरो बन्छु भन्दा हाँस्थे, खिसी गर्थे: विपिन कार्की

अमेरिकाको १० बढी शहरमा `उपहार´ को रेगुलर शो हुने

‘महाजात्रा’ प्रिमियरका दर्शकले भने– यो फिल्म जात्रा र जात्रै जात्राभन्दा राम्रो र अब्बल छ

४८ दिनमा सकियो फिल्म ‘पुजार सार्की’ को छायांकन

१०० कराेड कमाउने पहिलाे हरर फिल्म बन्याे ‘शैतान’