सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

न्यूजील्याण्ड नेपाली साहित्य समाजद्वारा साहित्यकार कर्माचार्य सम्मानित

२०७९ मंग्सिर ६, मंगलबार

काठमाण्डौः न्यूजील्याण्ड नेपाली साहित्य समाजले साहित्यकार पशुपति कर्माचार्यलाई सम्मान गरेको छ ।

न्यूजील्याण्ड साहित्य समाजले कर्माचार्यलाई ‘नेसास साहित्य सिर्जना सम्मान पुरस्कार २०२२’ र ३ वटा संस्थाहरुलाई ‘नेसास साहित्य सम्मान पुरस्कार २०२२’ प्रदान गरेको हो ।

नेसासका सल्लाहकार डा भोला प्रधानले टोकन अफ लभ, नेसासका अध्यक्ष डा बिरेन्द्र केसीद्वारा ‘नेसास साहित्य सिर्जना सम्मान पुरस्कार २०२२’ प्रमाणपत्र र नेसासका संस्थापक सल्लाहकार बाबुराजा महर्जनले दोसल्लाहा ओढाएर कवि कर्माचार्यलाई सम्मान गरिएको थियो ।काभ्रे जिल्लाको बनेपामा सन् १९४५ मा जन्मिएका कर्माचार्य २०२२ सालदेखि साहित्य सिर्जनामा लागेका हुन् । उनले न्यूजिल्याण्ड साहित्य समाजका संस्थापक अध्यक्ष भएर साहित्यप्रेमीहरुलाई गोलबद्ध गर्दै र साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्री नेपाली साहित्यलाई संस्थागत गर्ने कार्यको सुभारम्भ गरेका थिए ।

कर्माचार्यका ‘यादका आयामहरू’(२०६१), मुटुमा बुद्ध बोकेर (२०७४), समानताको चिराग बोकेर (२०७८) गरी तीनवटा कविता संग्रह र फूलका थुङ्गा (२०६७) तथा रुखमा बुद्ध (२०७४) हाईकु–सेनु संग्रह गरी ५ वटा कृति प्रकाशित भइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव : शबाना आजमीको मास्टर क्लास हुँदै

साहित्यको विकास, विकासमा साहित्य

दिन्छु तिमीलाई चोखो माया (कविता)

नारी स्रष्टा समाजद्वारा साहित्यकारहरू सम्मानित

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव: नाट्यकर्मीको अनुभव आदान–प्रदान

मनदेवीको कथासंग्रह ‘छेँदुने’ सार्वजनिक

पराजुलीद्वय अनेसास शिखर पुरस्कारबाट सम्मानित

नेपाली लोकजीवनका हृदयस्पर्शी कथाहरू

नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता

‘गणेशमान सिंहको सङ्घर्ष’ सार्वजनिक

प्रथम गोर्खाश्री राष्ट्रिय पुरस्कारद्वारा सी. के. श्रेष्ठ सम्मानित

दुर्गादेवीलाई ‘गोधूलि विशेष पुरस्कार–२०७९’अर्पण

%d bloggers like this: