सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र एनरेनबीच अनलाइन शिक्षण प्रविधिसम्बन्धी सम्झौता

२०७७ बैसाख २०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) बीच अनलाइन शिक्षण प्रविधि (कर्परेट जुम लाइसेन्स) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र एनरेनका तर्फबाट अध्यक्ष लोचनलाल अमात्यले हस्ताक्षर गरेका छन् ।

विश्वविद्यालय केन्द्रीय क्याम्पसका सूचना प्रविधि सङ्कायका उप–प्राध्यापक पञ्चदेव भट्टका अनुसार सम्झौताबमोजिम मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई एनरेनले हाल तीन महिनाका लागि २० वटा कर्परेट जुम लाइसेन्स उपलब्ध गराउनेछ । प्राप्त प्रत्येक लाइसेन्समा अनलिमिटेड मिटिङ वा कक्षा सञ्चालन गर्न सकिनेछ । जसमा एकैपटक ३ सय जना जोडिन सक्नेछन् ।

उपप्राध्यापक भट्टले सबै लाइसेन्स सञ्चालन भई विश्वविद्यालयअन्तर्गतका ५ केन्द्रीय क्याम्पस, २ स्कूल, १२ आङ्गिक तथा सम्बन्धनप्राप्त गरी १९ क्याम्पसलाई लाइसेन्स उपलब्ध गराउने प्रक्रिया अगाडि बढेको जानकारी दिए । “यो सम्झौताले जुम टुल प्रयोग गरी विश्वविद्यालयले आवश्यक मिटिङ तथा क्याम्पसले अनलाइन कक्षा सञ्चालन गर्न सहयोग पुर्‍याउनेछ”, उनले भने ।

एनरेन सूचना तथा सञ्चार प्रविधि (आइसिटी) र उच्च ब्याण्डविथको प्रयोग गरी ज्ञानमा आधारित समाज निर्माण कार्यमा संलग्न विश्वभर कार्यरत एक गैर–नाफामूलक संस्था हो । यसअघि वैशाख ४ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालये अन्तराष्ट्रियस्तरमा अनलाइन शिक्षा क्षेत्रमा ख्यातिप्राप्त शैक्षिक संस्था ओपन एजुकेशन रिसोर्स फर युनिभर्सिटिजसँग पनि समझदारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपल्लो मुस्ताङका ३६५ विद्यार्थी जाडो छल्न बेसी झारिए

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण