सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

फेसबुकमा यसकारण शेयर गर्न मिल्दैन विश्वकप फुटबलको लाइभ आउने पाइरेटेड लिङ्क

२०७९ मंग्सिर ६, मंगलबार

काठमाण्डौः फिफा विश्वकप २०२२ आइतबारदेखि सुरु भएको छ ।

नेपालमा फुटबल विश्वकपको प्रत्यक्ष प्रसारण हेर्नका लागि ‘हिमालय प्रिमियम’ च्यानलको सब्स्क्रिप्सन खरिद गर्नुपर्ने हुन्छ । सब्स्क्रिप्सन खरिद गर्नुपर्ने भएकाले कतिपय फुटबल समर्थक पाइरेटेड (चोरी गरी अपलोड गरिने) साइटमा निर्भर हुनसक्छन् ।

थर्ड पार्टी एप वा पाइरेटड साइट निकै नै जोखिमपूर्ण हुने गर्छन् । यस्ता पाइरेटेड लिङ्क तथा साइटमा जाँदा हामी हाम्रो डिजिटल सम्पत्तिलाई जोखिममा राखिरहेका हुन्छौं । यी कुरालाई बेवास्ता गरी फेसबुकमा पाइरेटेड लिङ्क शेयर गर्न खोज्ने धेरै प्रयोगकर्ता हुनसक्छन् ।

फेसबुकमा अनाधिकारिक वा पाइरेटेड साइटका लिङ्क शेयर गर्न खोज्दा उक्त लिङ्क शेयर वा सेन्ड हुँदैन । आखिर कुनै पनि लिङ्क पाइरेटेड हो वा आधिकारिक हो भन्ने कुरा फेसबुकलाई कसरी थाहा हुन्छ होला ?

यसबारे टेकपानासँग कुरा गर्दै सुरक्षा अनुसन्धानकर्मी नरेश लाम्गादे भन्छन्, “फेसबुकसँग हरेक लिङ्कको हिस्ट्री हुन्छ । कुन लिङ्क कस्तो स्रोतबाट आएको छ भन्ने कुराबारे फेसबुक पहिले नै जानकार हुन्छ । यस्तै विश्वकपको लाइभ पनि एउटा आधिकारिक स्रोतबाट उपलब्ध भइरहेको हुन्छ । आधिकारिक लिङ्कबाट कन्टेन्ट चोरी गरी अपलोड गरिएका लिङ्क फेसबुकले पहिचान गर्छ र शेयर गर्न दिँदैन ।”

त्यति मात्र नभई कुनै पनि लिङ्क स्क्याम भएको खण्डमा फेसबुकले पहिचान गरी शेयर गर्नबाट रोक्ने उनी बताउँछ । उदाहरणका लागि सामाजिक सञ्जालमा पुरस्कार पाइने विभिन्न लिङ्कहरू अकाउन्ट ह्याक भएर शेयर भइरहेका हुन्छन् । हामीलाई प्राप्त कुनै पनि लिङ्क कपी गरी अन्य व्यक्तिलाई पठाउँदा लिङ्क सेन्ड हुँदैन ।

तर, त्यही लिङ्कमा हामीले क्लिक गरी आफ्ना विवरण राख्यौँ भने हाम्रो अकाउन्ट ह्याक भई उक्त मेसेज हाम्रा साथीहरूलाई स्वतः सेन्ड हुन्छ । यसमा ह्याकरको सिस्टमले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । म्यानुअल रूपमा स्प्याम लिङ्क शेयर गर्न खोज्दा एआईले तत्कालै पहिचान गर्छ ।

इन्टरनेटमा भएका कतिपय साइट दूरसञ्चार कम्पनीले नै ब्लक गरेका हुन्छन् । कतिपयलाई ब्ल्याकलिस्टमा राखिएको हुन्छ । यी सबै कुराको जानकारी फेसबुकसँग हुन्छ । यदि फेसबुकको एआईले कुनै लिङ्क अनाधिकारिक भएको पहिचान गरेमा तत्कालै लिङ्क शेयर नहुने बनाइदिन्छ । कतिपय अवस्थामा शेयर गरेको लिङ्क त्यति नै बेला अनाधिकारिक वा पाइरेटेड हो भन्ने एआईलाई जानकारी नहुन सक्छ ।

सो लिङ्क शेयर भइसकेपछि कसैले शेयर, लाइक वा कमेन्ट गर्ने क्रममा एआईलाई उक्त लिङ्क पाइरेटेड हो भन्ने जानकारी भएर अकाउन्ट नै प्रतिबन्ध लगाएका घटना पनि छन् । विभिन्न क्रियटरको प्रतिलिपि अधिकार उल्लङ्घन नहोस् भनेर फेसबुकले हरेक प्रयोगकर्तालाई निगरानीमा राखेको हुन्छ । हामीले गर्ने मेसेजदेखि हरेक गतिविधिमा फेसबुकले निगरानी गरिरहेको हुन्छ ।

त्यसैले पाइरेटेड लिङ्क मात्र नभई भिडिओ, फोटो वा अन्य व्यक्ति वा संस्थाको डिजिटल सम्पत्ति कपी गरी शेयर गर्दा हाम्रो अकाउन्ट नै प्रतिबन्ध हुन सक्छ । विश्वकपको लाइभबारे कुरा गर्नुपर्दा फिफाले विभिन्न कम्पनीलाई यसको प्रतिलिपि अधिकार दिएको हुन्छ ।

त्यही अन्तर्गत प्रसारण अधिकार पाएका हेरक कम्पनीले लाइभमा कतै न कतै आफ्नो संकेत राखेका हुन्छन् । यदि विश्वकपको भिडिओलाई पाइरेटेड साइटमा राखियो भने प्रतिलिपि अधिकार उल्लङ्घन हुन्छ । जसले गर्दा उक्त लिङ्क फेसबुकको एआईले त्यसलाई पहिचान गर्छ र शेयर गर्नबाट वञ्चित गर्छ । टेकपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय स्टार्टअप कम्पनीले सार्वजनिक गर्‍यो ५ सय किलोमिटर सम्म गुड्ने विद्युतीय कार

पाइरेटेड एप वा वेबसाइट प्रयोग गर्दै हुनुहुन्छ ? सावधान ! हुनसक्छ यस्तो खतरा

गुगल म्यापले देखाउन थाल्यो सडकमा ट्राफिक जाम भए नभएको लाइभ

सिजीले सार्वजनिक गर्‍यो ‘वर्ल्डकप’ लक्षित क्यासब्याक योजना

एक रुपैयाँमै ‘आईएमई पे’ले हवाई यात्रा गराउने

मतदातालाई भ्रमित पार्ने सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिलको आह्रवान

ट्वीटर कार्यfलय केही दिनका लागि बन्द

प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने आयोगको निर्णय

निर्वाचनकाे समाचार संकलनका लागि सहज वातावरण बनाउन पत्रकार महासंघको माग

आइएमई-पेको १० दिने हवाई टिकट अफर, भाग्यशाली विजेताले १ रुपैयाँमा फ्लाइट टिकट पाउने

मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गरिने प्रेस काउन्सीलको चेतावनी

विश्वकप फुटबल हेर्न ५ सय रुपैयाँ तिर्नुपर्ने प्रावधान कायम

%d bloggers like this: