सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाण्डौंमा घण्टीको जबरजस्त उदयकाे सम्भावना, चार क्षेत्रमा अग्रता

२०७९ मंग्सिर ६, मंगलबार

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौंमा जबरजस्त उदयको सम्भावना देखिएकाे छ । काठमाडौंका चार निर्वाचन क्षेत्रमा लगातार घण्टीले अग्रता कायम गरिरहेको छ ।

काठमाडौं २ मा सोबिता गौतमले प्रारम्भिक मतगणनादेखि नै अग्रता कायम गरिरहेकी छिन् । एमालेका मणिराम फुयाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेललाई पछि पार्दै गौतम लगातार अघि छिन ।

काठमाडौं ६ मा शिशिर पोखरेल अन्य उम्मेदवारभन्दा अघि छन् । उनले कांग्रेसबाट उम्मेदवार बनेका भीमसेनदास प्रधान र एमालेका सर्वेन्द्र खनाललाई भारी मतान्तरले पछि पारिरहेका छन् ।

यस्तै, काठमाडौं ७ मा समेत घण्टीकै गणेश पराजुली अघि छन् । उनले एमालेका श्यामकुमार घिमिरे र माओवादी केन्द्रकी उम्मेदवार अस्मिता सिंह (मानुषी) यमीलाई पछि पार्दै मतान्तर बढाइरहेका छन् ।

रास्वपाकै अर्का उम्मेदवार विराजभक्त श्रेष्ठले काठमाडौं ८ बाट आफूलाई जित नजिक पुर्‍याएका छन् । विराजले हाम्रो नेपाली पार्टीका सुमन सायमी र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई पछि पार्दै ठूलो मतान्तरले अघि बढिरहेका छन् ।

रास्वपाले ललितपुर क्षेत्र नम्बर ३ मा समेत लगातार अग्रता कायम गरिरहेको छ । घण्टी उम्मेदवार तोसिमा कार्कीले ठूलो मतान्तरका साथ अग्रता कायम गरिरहेकी छन् ।एमालेका अमृत खड्का र माओवादी केन्द्रकी पम्फा भुसाललाई पछाडि पार्दै कार्कीले अग्रता लिइरहेकी छन् ।

चितवन २ मा रास्वपा सभापति रवि लामिछानेले समेत मतान्तर बढाइरहेका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई पछि छाड्दै लामिछानेले मतान्तर बढाएका हुन् । पुराना दलहरूप्रतिको असन्तुष्टि घण्टीमा अभिव्यक्त भएको कतिपयको धारणा छ । स्थापित भनिएकै दलहरूलाई निर्वाचनमा चुनौती दिएर घण्टीले जबरजस्त उदयले परिवर्तनको हुटहुटी मुखरित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महानिरिक्षक अर्याल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

सिन्धुपाल्चोकको उन्नाइस किलोमा बस दुर्घटना हुँदा ११ जना घाइते

बाराको १० स्थानको परिणाम आउँदा एमाले पाँच स्थानमा विजयी

समानुपातिकमा एमाले अगाडि, कांग्रेस दोस्रो र रास्वपा तेस्राे

जाजरकोट प्रदेशसभामा काँग्रेसको क्लिन स्विप

काठमाण्डौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनालको जित सुनिश्चित

निर्वाचन आयोगको कल सेन्टर बन्द

सप्तरी २ (ख) मा जनमत पार्टीका उम्मेदवार महेश यादव विजयी

बाराको दुई स्थानमा एमाले, एकमा स्वतन्त्र र एकमा एकीकृत समाजवादीको अग्रता

तस्बिरमा गगन थापाको विजयोत्सव

यातायातको पहुँच नभएका मतदान केन्द्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग

हुम्लामा २५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो, ३४ केन्द्रबाट ल्याइँदै

%d bloggers like this: