सदाबहार खबरको रफ्तार ....
बैसाख ७, २०८१ शुक्रबार
April 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रिय सभाअध्यक्ष तिमिल्सिनाद्धारा तीन देशका सभामुखसँग भेटवार्ता

२०७९ मंग्सिर ६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ४३ औँ महासभामा सहभागी हुन कम्बोडिया भ्रमणमा रहेका राष्ट्रियसभा सदस्य गणेश तिमिल्सिनाले आज ३ देशका सभामुखसँग द्विपक्षीय वार्ता गरेका छन् । अजरबैजानका सभामुख साहिबा गफारोवासँगको वार्तामा अध्यक्षले असंलग्न राष्ट्रहरूको संसदीय सञ्जालको सुरुवात गर्न अजरवैजानले गरेको पहलको प्रशंसा गरे ।

त्यस अवसरमा अध्यक्ष तिमल्सिनाले विश्वमा अंसलग्न आन्दोलनको महत्व बढेको र यसमा दुवै देश मिलेर अघि बढ्नुपर्ने बताए ।  कम्बोडियाको राष्ट्रियसभाका सभामुख हेङ सेमरिनसँगको वार्तामा तिमिल्सिनाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको हुँदा दुई देशबीच २०१८ नोभेम्बरमा भएको हवाई सेवा सम्झौता कार्यान्वयन गरी सीधा उडान सञ्चालन गर्ने विषयमा पहल गर्नुपर्नेमा जोड दिए ।

भियतनामका सभामुख भ्यङ दिन्ह हुइसँगको वार्तामा अध्यक्षले भियतनाम र नेपालबीच व्यापार र पर्यटन प्रवर्द्धन गर्नुपर्ने र विचाराधीन सम्झौताहरूमा शीघ्र निर्णयमा पुग्नुपर्ने विचार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोशी प्रदेश सभामा पेश भयो संकल्प प्रस्ताव

गण्डकी प्रदेशसभा अधिवेशन आव्हान

लुम्बिनी प्रदेशसभामा १७ महिनापछि संसदीय समितिमा सर्वसम्मत नेतृत्व

राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छः अध्यक्ष दाहाल

मधेश प्रदेश सभामा जनमतको अवरोध

कोरम नपुगेपछि समितिको बैठक स्थगित

कानुन निर्माणमा सांसद गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल

नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरीको पुर्नबहाली

प्रतिनिधिसभाको चालु अधिवेशनमा के-के भए काम ?

अघिल्लाभन्दा संसदका यो अधिवेशन उपलब्धिमूलकः सभामुख

संघीय संसदको हिउदे अधिवेसनको अन्त्य

प्रतिनिधिसभाको बैठक आज बस्दै