सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विवाहपञ्चमी महोत्सव आजदेखि

२०७९ मंग्सिर ७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जनकपुरधाममा मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव बुधबार प्रारम्भ हुँदै छ । त्यसका लागि जानकी मन्दिर सजाउने कार्य तीव्र रूपले अघि बढेको छ ।

प्रत्येक वर्षझैँ सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबारदेखि विधिवत् प्रारम्भ हुने भएपछि मन्दिरलगायतका स्थान रङ्गीचङ्गी फूलले सजाउन थालिएको छ । महोत्सवका लागि आवश्यक सबै तयारी पूरा भएको जानकी मन्दिरका सहायक महन्थ रोशन दासले बताउनुभयो ।

त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच भएको विवाह स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबार नगरदर्शन गरी प्रारम्भ हुनेछ । सात दिनसम्म विधिवत् रूपमा मनाइने विवाहपञ्चमीमा प्रत्येक दिन विवाहका विधिहरू गर्ने गरिन्छ ।  विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन मङ्सिर ७ गते बुधबार नगरदर्शन, दोस्रो दिन मङ्सिर ८ गते बिहीबार फूलबारी लीला, मङ्सिर ९ गते शुक्रबार धनुष यज्ञ, चौथो दिन मङ्सिर १० गते शनिबार तिलकोत्सव, मङ्सिर ११ गते आइतबार मटकोर र मङ्सिर १२ गते सोमबार रामसीता स्वयम्बर तथा विवाह कार्यक्रम हुनेछ । सप्ताहव्यापी विवाह महोत्सवको अन्तिम दिन मङ्सिर १३ गते मङ्गलबार रामकलेवा गरी जन्ती बिदा गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् सम्पन्न हुने सहायक महन्थ रोशन दासले बताउनुभयो ।

यस्तै विवाहपञ्चमी महोत्सवलाई भव्य, सभ्य तथा व्यवस्थित बनाउन तयारीमा जुटेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले बाह्र बिघा (रङ्गभूभि मैदान)लाई सफा गरी घुम्ती शौचालयको व्यवस्था गर्नेतर्फ लागेको बृहत्तरका अध्यक्ष शीतल साहले जानकारी दिनुभयो । गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पञ्चासेमा बालाचतुर्दशी मेला हुने

पशुपतिनाथ क्षेत्रमा आजबाट मासु, मदिरा निषेध

उपसभापति र महामन्त्रीमा महिला थप्न कांग्रेसमा कसरत

एनसेलद्वारा कानुन र अर्थ व्यवस्थाको धज्जी

लक्षित वर्गमा पुगेन लघुवित्तको ऋण

अनुकूलन योजना कार्यान्वयनमा जुटेन सहमति

मंसिर २१ गते बिहिबार, यस्तो रहेको छ तपाईको राशिफल

रसिया पुग्ने प्रक्रिया के थियो ?

रोजगारीका लागि युरोप जाने बढे

तारादेवी र रसिकलाई नारायणगोपाल स्मृति पुरस्कार

सोती हत्या काण्ड: जातीय विभेदको मुद्दामा न्यायको जित

त्रिवि कर्मचारी संघको तीनदिने अल्टिमेटम :माग पूरा नभए दीक्षान्त समारोह हुन नदिने चेतावनी