सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अख्तियारद्वारा त्रिभुवन जन माविका तत्कालिन प्रधानअध्यापकसहित ६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

२०७९ मंग्सिर ७, बुधबार

काठमाडौंः अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सल्यान, शारदा नगरपालिका–२, लुहापिङ्गस्थित त्रिभुवन जन माध्यमिक विद्यालयका तत्कालीन प्रध्यानाध्यपक, भवन निर्माण अनुगमन समितका सदस्य माधव विक्रम जिसी, ईन्जिनियर, वडाअध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षसहित ६ जनाविरुद्ध गैरकानुनी लाभ र हानी पुर्‍याएको भन्दै भष्ट्राचारसम्बन्धी आरोपपत्र दायर गरेको छ ।

उनीहरूविरुद्ध त्रिभुवन जन माविको भवन निर्माण गर्दा टेण्डर आवह्वान नगरी कानूनी प्रक्रिया नपुर्या ई रकम अनियमितता गरेको भन्नेु उजुरी परेको थियो । सोही उजुरीको अनुसन्धान गर्दा विद्यालयको बहुतल्ले भवन (प्रयोगशाला, पुस्तकालय र बहुउद्देश्यीय हल) निर्माण योजनामा नापी किताब, भुक्तानीसम्बन्धी बिल र कार्य सम्पन्न प्रतिवेदनमा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाएको अनुशन्धानबाट खुलेको छ ।

झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी मूल्यांकनमा सही गरी ८७ लाख तीन हजार तीन सय १२ रुपैयाँ सरकारलाई हानीनोक्सानी पुर्याकएको फेला परेपछि अख्तियारले आरोपपत्र दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

निमावि गणित विज्ञानको विषयगत परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

निमाविको नतिजा माविको भन्दा भयाभह आउने संभावना

प्राध्यापकहरूलाई एकदिने तालिम

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित

छात्रवृत्ति सम्बन्धी मध्यपश्चिम बिश्वबिद्धालयको अत्यन्तै जरुरी सूचना

त्रिविद्वारा प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

शिक्षामन्त्रीद्वारा विद्यालय भवन उद्घाटन

एसइइ परीक्षाको आवेदन खुल्यो, पुस १० गतेसम्म भर्न पाइने

कक्षाकोठामा विज्ञानको प्रयोग गलत भएपछि…

मदन भण्डारी विश्वविद्यालयमा संरक्षकको खोजी

निस्दीका विद्यार्थी डेढ घण्टा हिँडेर विद्यालय जान बाध्य

स्थानीय शासन प्रशिक्षक प्रशिक्षणको लागि अभिरुचि फाराम भर्ने सूचना

%d bloggers like this: