सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बारा १ मा मतगणना रोकियो

२०७९ मंग्सिर ७, बुधबार

काठमाण्डौः बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको छ । मतगणना स्थलमा विवाद हुँदा रोकिएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री समेत रहेका उमेदवार उमाकान्त चौधरी एमाले नेता अच्युत प्रसाद मैनालीसँग ५ हजार बढी मतले पछि परेपछि कांग्रेसका मतगणना प्रतिनिधिले दिउँसो ४ बजेबाट विवाद सुरु गरेपछि मतगणना रोकिएको हो ।

यता एमालेभने मतगणना सुचारू गर्न सबैलाई आग्रह गर्दै मतगणना विथोल्न खोज्ने घेरावार तोडफोड गर्नलाई तत्काल खोजिगरी कारबाही हुनुपर्ने माग गरेको नेपका एमाले नेता भरत बहादुर भण्डारीले बताए । उनले सत्ता र शक्तिको दुरुपयोग गर्ने अधिकार कोहि कसैलाई नभएको र तत्काल मतगणना सुचारू गराउन आग्रह गर्दा समेत सुरु नभएको बताए ।

यसअघि बसेको सर्वदलीय निर्णय अनुसार दुई वा सो भन्दा बढी पालिकाको मत मिसाएर मतगणना गर्ने सहमति भएता पनि अहिले उनिहरुले सम्बन्धित पालिकाको वडा वडाको छुट्टै गणना गर्नुपर्ने भन्दै विवाद गरेका हुन् ।

यता नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिको माग अनुसारनै मतगणना गर्न तयार हुँदासमेत प्रतिनिधि उपस्थित नहुदा मतगणना रोकिएको निर्वाचन अधिकृत कैलास केसीले जानकारी दिए ।

प्रतिनिधिसभाको मतगणना रोकिएपनि प्रदेशसभाको मतगणना भने जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बुढिनन्दा ५ मा खस्यो ५९७ मत

भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

दोधाराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु

निर्वाचनमा पराजित हुँदैमा म जनताबाट टाढा छैन: रेखा थापा

पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट, दोषीमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध 

विद्युत सर्ट भई आगलागी हुँदा पसल जलेर नष्ट

महिला हिंसा विरुद्धको १६ दिने अभियान गाईघाटमा सुरु

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

मेयर हर्क लेख्छन्– बालेनजीलाई धन्यवाद!

समाज लघुवित्तले माग्यो कर्मचारी, प्लस टु उत्तिर्णलाई पनि अवसर

अव्यवस्थित पार्किङको चुनौती

सिके राउत धन्यवाद दिन किसानका खेत-खेतमा

%d bloggers like this: