सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्विटजरल्यान्ड र क्यामरुन भिड्दै

२०७९ मंग्सिर ८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी मा विहीबार स्विटजरल्यान्डले अफ्रिकी राष्ट्र क्यामरुनको सामना गर्दैछ । खेल दिउँसो ३:४५ बजे अल जनौब रंगशालामा हुनेछ ।

छनोटमा विश्वकपको पूर्व विजेता इटालीलाई पन्छाउँदै आएको स्विटजरल्यान्ड पुरानै लय कायम राख्ने सुरमा हुनेछ । स्विटजरल्यान्ड १२ औं पटक विश्वकप खेल्दैछ । सन् २००६ यता लगातार छनोट भएको टोलीले समूह चरणका पछिल्लो १२ मध्य २ खेल मात्र हारेको छ । पछिल्लो ४ समूह चरण खेलमा टोली अपराजित छ ।

क्यामरुन विश्वकप खेल्न लागेको यो आठौं अवसर हो । पछिल्लो संस्करणमा छनोट हुन नसकेको टोली विश्वकपमा खराब लयलाई टुंग्याउन चाहन्छ । क्यामरुनले विश्वकपमा पछिल्लो ७ खेल हारेको छ ।

यी दुई टोलीबीच अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक भेट हुन लागेको हो । स्विस टोलीले पछिल्लो पाँच विश्वकपमा पहिलो खेल हारेको छैन । पछिल्लो ५ सहभागितामा ४ पटक टोलीले समूह चरण पार गरेको छ ।

क्यामरुन विश्वकपमा सर्वाधिक खेल खेल्ने टोली हो । हालसम्म ३७ खेल खेल्दा टोलीले १२ जित, ८ बराबरी र १७ हारको नतिजा निकालेको छ । यता स्विटजरल्यान्डले २३ खेलमा ४ जित, ७ बराबरी र १२ हार बेहोरेको छ ।

अन्तिम टोली :

स्वीट्जरल्यान्ड :

गोलरक्षक : यान सोमर, जोनास ओम्लिन, ग्रेगोर कोबेल, फिलिप कोह्न

डिफेन्डर : म्यानुएल अकान्जी, एरय कोमेर्ट, निको एल्भेडी, रिकार्डो रोड्रीग्वेज, फाबिएन सेर, सिल्भान विडमर

मिडफिल्डर : ग्रानिट झाका, एडिमिल्सन फर्नान्डेस, फाबियन फ्रेई, रेमो फ्रुलर, आर्डन जाशारी, फाबियन रिडर, जेर्डान शाकिरी, जिब्रिल सो, रेनाटो स्टेफेन, डेनिस जाकारिया, मिसेल एबिसर

फरवार्ड : ब्रिल एम्बोलो, क्रिस्टियन फासानाट, नोआ ओकाफोर, हारिस सेफेरोभिच, रुबेन भार्गास

क्यामरुन :

गोलरक्षक : डेविस एपासी, सिमोन गापानदुएत्न्बु, आन्द्रे ओनाना

डिफेन्डर : जान-चार्ल्सकास्टलेटो, एन्जो एबोसे, कोलिन्स फाइ, ओलिभिएर बाइजो, निकोलस एन्कुलु, तोलो नौहोउ, क्रिस्टोफर वुह

मिडफिल्डर : मार्टिन होंग्ला, पिएर कुन्डे, ओलिभिएर एन्चाम, गेल ओन्दुआ, स्यामुएल ओम गोए, आन्द्रे फ्रान्क जाम्बो एन्गिसा

फरवार्ड : भिन्सेन्ट अबुबकार, क्रिस्तियाँ बस्सोगोग, एरिक म्याक्सिम चुपो मोटीङ, सौअबियो मारोउ, ब्रायन एम्बुएमो, निकोलस ओउमी गामलेउ, जेरोम एन्गोम, जर्जेस केभिन एन्कुडु, जान-पिएर एन्सामे, कार्ल टोको एकाम्बी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

टस जितेर नेपाल ‘ए’ले फिल्डिङ राेजेपछि आयरल्यान्ड ‘ए’ ब्याटिङ गर्दै

इटहरी गोल्डकपको फाइनलमा चर्च ब्वाइज र आर्मी भिड्ने

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

राजस्थान रोयल्सको लगातार दोस्रो जित

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासोः सरकारले घोषणा गरेको पुरस्कार अझै पाएनौं

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

सनराइजर्स र मुम्बईबीचको हाइ भोल्टेज खेल: ५२३ रन, ३८ छक्का

चैते दसैँमा राष्ट्रियस्तरको कालिका कप भलिबल

आज आयरल्यान्ड ए सँग खेल्दै नेपाली ए टिम

आइपिएलमा मुम्बईको लगातार दोस्रो हार, हैदराबादले रच्यो इतिहास

नेपाल बहराइनसँग पुनः पराजित