सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लाइसेन्स आवेदन प्रभावित

२०७९ मंग्सिर ८, बिहिबार

काठमाडौँः सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारी, प्रहरी र प्रदेश यातायात कार्यालयका कर्मचारीहरू निर्वाचनमा खटिएकाले विभागले नयाँ आवेदन खुला गर्न सकेको छैन । निर्वाचनको मत गणना अन्तिम चरणमा नपुग्दासम्म आवेदन खुलाउन सहज नुहने विभागले जनाएको छ ।

विभागले मङ्सिर १ गतेदेखि लाइसेन्स आवेदन बन्द गरेको थियो । कर्मचारीहरू निर्वाचनमा खटिनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ आवेदन बन्द गरेको हो । विभागले ट्राफिक प्रहरी र सम्बन्धित कार्यालयसँग समन्वय गरेर खुला गर्ने जनाएको छ । विभागका प्रवक्ता ईश्वरीप्रसाद पनेरुले भन्नुभयो, “प्रहरी र प्रदेश यातायात कार्यालयसँग बिहीबार बैठक बस्दैछौँ, बैठकपछि आवेदन खुला गर्ने मिति टुङ्गो लाग्छ ।”

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा पनि नियमित काम प्रभावित भएको छ । कात्तिक २५ गतेदेखि प्रयोगात्मक (ट्रायल) र लिखित परीक्षा बन्द छ । हाल लाइसेन्स वितरण र नवीकरणका काम भइरहेको कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनलाइन आवेदन खुलाउनु प¥यो, लिखित र प्रयोगात्मक खुलाउनुपर्छ, हामीले विभागसँग समन्वय गरेका छौँ, लिखित र प्रयोगात्मक मङ्सिर ११ गतेसम्म खुलाउने कुरा भएको छ ।” छिटो खुलाउन नसकेपछि सेवाग्राहीको चाप बढेर समस्या हुनसक्ने उहाँको भनाइ छ ।गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

सत्ता गठबन्धन बहुमत ल्याउन असफल !

मधेश प्रदेशमा मिश्रित परिणाम

बाजुरामा मतदान आज

फागुनभित्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य

स्याङ्जा र दोलखाको मतगणनामा अल्झन

रवि लामिछानेविरुद्धको उजुरी निर्णय क्षेत्राधिकारमा पर्दैन: आयोग

सुदूरपश्चिममा कांग्रेस अगाडि

जनगणनाको पूर्ण विवरण चाँडै सार्वजनिक गरिँदै

सरकार बनाउन कसरत सुरु

किसानको धान खरीदमा सरकार उदासीन

स्वतन्त्रप्रति आशा र भरोसा बढ्दै

%d bloggers like this: