सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिन्धुपाल्चोक-१ मा सापकोटा, प्रदेशमा सरल र खड्का

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सापकोटाले एमालेका सरेश नेपाललाई ३ हजार ३५६ मतले पछि पारेका हुन् ।

सापकोटाले ३० हजार ३७४ र नेपालले २७ हजार १८ मत पाए  ।

१ प्रदेशसभा ‘क’ मा खड्का
निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क मा कांग्रेसकी मसिना खड्का विजयी भएकी छन् । एमालेका युद्धविक्रम तामाङलाई ११ सय ६२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । प्रदेशसभा सदस्यमा निर्वाचित भएकी खड्काले १४ हजार ६ सय ५२ मत प्राप्त गरेर विजयी हासिल गरिन् भने  एमालेका युद्धविक्रम तामाङलले १३ हजार ४ सय ९० मत ल्याएर पराजित भएका छन् ।

 प्रदेशसभा ‘ख’ मा सरल  
प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भएका छन् । पौडेलले १७ हजार २५६ मत ल्याएर विजयी बने । उनका प्रतिस्पर्धी एमालेका होम नारायण श्रेष्ठलाई ४ हजार २४३ को  मतान्तरले पछाडि पार्दै सरल बाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठले १३ हजार १३  मत ल्याएर पराजित भए  ।

दुई वटा क्षेत्र रहेको सिन्धुपाल्चोकमा  क्षेत्र नम्बर १ को मतपरिणाम आइसकेको छ भने क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ को मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक हो : नेता सिटौला

सुनसरी २ बाट भीम आचार्य निर्वाचित

गृहमन्त्री खाणले दिए दीपक बोहोरालाई बधाइ

प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

कपिलवस्तु – २ काँग्रेसका आचार्य विजयी

रवि लामिछानेको चुनावी खर्च : ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ मात्र

गृहमन्त्रीलाई पछि पार्दै बोहराको अग्रता कायम

देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ?

गण्डकीमा ३३ सिट टुंगियो : कांग्रेस १६, एमाले ११ सिटमा विजयी

७० करोड घुसकाे आरोपलाई काभ्रेली जनताले खारेज गरिदिएः बास्कोटा

प्रचण्डले लिए गोरखा २ बाट निर्वाचित प्रमाणपत्र, बाबुराम गएनन्

सवारी चालक अनुमतिपत्रको आवेदन आइतबारदेखि खुल्ने

%d bloggers like this: