सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विराटनगरको आईसीपीसम्म कार्गो रेल ल्याउने तयारी

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः भारतको सीमावर्ती रेल स्टेसन बथनाहाबाट विराटनगर बुधनगरको आईसीपीको कस्टम यार्डसम्म आगामी पुस महिनाको दोस्रो हप्तासम्ममा कार्गे रेल ल्याउने पहल बढेको छ ।

कोलकाता बन्दरगाहबाट विराटनगर–१८, बुधनगरस्थित आईसीपीसम्म डिसेम्बर १५ (मङ्सिर अन्तिम)सम्ममा कार्गो रेल ल्याउने प्रक्रिया अगाडि बढाइएको हो । भारतको रेल विभागले आईसीपीसम्म काम सम्पन्न भएको क्षेत्रमा कार्गोरेल ल्याउने सङ्केत दिन बुधबार स्थलगत निरीक्षण गरेका छन् । भारतीय रेलवे विभागअन्तर्गत एनएफ रेलवे, कटिहार मण्डलका कर्नल एसके चौधरीसहितको टोली रेल कस्टम यार्डमा आएर फर्केको हो ।

रेलवे विभागअन्तर्गत बथनाहा–कटहरी रेलवेका साइड इन्जिनियर रोशनकुमार देवले भारतीय रेलवे विभागका अधिकारीहरू अन्तिम तयारीमा जुटिरहेको जानकारी दिनुभयो ।

उहाँले नेपाल कस्टम यार्डको तयारीका लागि आवश्यक पर्ने सामान लिएर आउने जाने कामका लागि उनीहरूले रेल लिएरै आउने गरेको बताउनुभयो । भारतीय रेलवे अधिकारीले आफ्नो प्रयोजनका लागि रेल लिएर आउने विषय जानकारीमा नभए पनि आगामी डेढ महिनाको अवधिमा कार्गो रेल सञ्चालनको प्रक्रियामा रहेको इन्जिनियर देवले जानकारी दिनुभयो ।

आईसीपीको नेपाल कस्टम यार्डसम्म कार्गो रेल ल्याउन आवश्यक पूर्वाधार तयारी गर्ने विषयसमेत अगाडि बढाइएको छ । “हेन्डओभरको कुरा चलिरहेको छ, त्यसका लागि आवश्यक तयारीमा दुवैतर्फको टिम लागेको छ,” देवले भन्नुभयो ।

भारतीय रेलवे विभागले कस्टम यार्डसम्म काम सम्पन्न भएको पत्र पठाइसकेको छ । रेल विभाग नेपाल र भारतको इर्कोनले सुझावसहितको अन्तिम परीक्षण प्रतिवेदन पठाएको र सुझावका आधारमा त्यसको अन्तिम प्रक्रियासमेत भारतीय रेलवे विभागले गरिसकेको इन्जिनियर देवले जानकारी दिनुभयो ।

इन्जिनियर देवका अनुसार भारत सरकारले नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रेलवे हस्तान्तरण गर्नेछ । गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

सत्ता गठबन्धन बहुमत ल्याउन असफल !

मधेश प्रदेशमा मिश्रित परिणाम

बाजुरामा मतदान आज

फागुनभित्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य

स्याङ्जा र दोलखाको मतगणनामा अल्झन

रवि लामिछानेविरुद्धको उजुरी निर्णय क्षेत्राधिकारमा पर्दैन: आयोग

सुदूरपश्चिममा कांग्रेस अगाडि

जनगणनाको पूर्ण विवरण चाँडै सार्वजनिक गरिँदै

सरकार बनाउन कसरत सुरु

किसानको धान खरीदमा सरकार उदासीन

स्वतन्त्रप्रति आशा र भरोसा बढ्दै

%d bloggers like this: