सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चार महिनामा १११६ किलो सुन आयात, ७ अर्ब ९५ करोड रकम बाहिरियो

२०७९ मंग्सिर ८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चालु आर्थि वर्ष २०७८/७९ को पहिलो चार महिनामा एक हजार १ सय १६ किलो सुन आयात भएको छ । सुन आयातबापत यस अवधिमा ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको रकम बाहिरिएको छ । यो गत आर्थिक वर्षको भन्दा आधाले कम हो ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा २१७७ किलो सुन आयात भएको थियो । यसका लागि १४ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो ।

सुनको सबैभन्दा बढी खपत हुने समय विवाहको लगन भएको महिना र दसैं तिहारमा हो । नेपाल राष्ट्र बैंकले १० किलो मात्रै आयात गर्न पाउने कोटा तोकिदिए पछि सुनको आयात घटेको हो । सुनचाँदी व्यवसायीका अनुसार बजारमा सिजनको समयमा दैनिक ५० किलो सुनको माग छ । तर सरकारले आयातमा कडाइ गर्दा सुन आयात घटिरहेको छ । गत आर्थिक वर्षमा सिजनको समयमा सरकारले २५ किलोसम्म सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो ।

गत साउनमा १ अर्ब ४८ करोड रुपैयाँको सुन भित्रिएको थियो । भदौमा दुई अर्ब १६ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो । त्यसपछि असोजमा दुई अर्ब १४ करोड र कात्तिकमा दुई अर्ब १५ करोड रुपैयाँ बराबरका सुन भित्रिएका छन् । मंसिर महिना बिहेको सिजन भएकाले यस महिनामा माग अत्यधि बढ्ने गरेको छ । त्यसैले यो महिनामा आयात बढ्ने आकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

नेप्सेमा सामान्य बृद्धि

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो

बराहक्षेत्रमा कुम्भमेलाः तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

घट्यो नेप्से परिसूचक

सुनको मूल्य फेरि बढ्यो

नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो

प्रि ओपन सेसनमा नेप्से सामान्य बढ्यो

यस्तो छ आजको तरकारी बजार भाउ

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि