सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चार महिनामा १० अर्बभन्दा बढीको मोबाइल आयात

२०७९ मंग्सिर ८, बिहिबार

काठमाडौंः चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन-कात्तिक) मा १० अर्ब १० करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात भएको छ । ७ लाख २९ हजार ३ सय ९५ सेट स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

सरकारले ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्ट फोनलाई प्रतिबन्ध लगाएको छ । त्यसैले महँगोभन्दा पनि कम मूल्यमा स्मार्टफोनहरू आयात भइरहेका छन् । जसको कारण मोबाइलको आयातमा समेत घट्दै गइरहेको तथ्यांकले देखाएको छ ।

दसैंलाई लक्षित गर्दै ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढी मूल्यमा स्मार्टफोन भित्रिएको थियो । तर त्यसपछिका महिनाहरूमा स्मार्टफोन आयात घट्दै गइरहेको छ । असोजमा २ अर्ब ३५ करोड रुपैयाँको स्मार्टफोन आयात भएको थियो । कात्तिकमा भने १ अर्ब ५७ करोड रुपैयाँ मात्रै स्मार्टफोन आयात भएको छ ।

महँगा स्मार्टफोनमा सरकारले कडाइ गर्दा वैधरुपमा यसको कटौती भए पनि नयाँ ब्राण्डका महँगम स्मार्टफोनहरू बजारमा पाइरहेका छन् । यसबाट अवैध रुपमा स्मार्टफोन भित्रिरहेको आशंका बढाएको छ । अवैध कारोबारलाई रोक्न नसक्ने तर वैध माध्यमबाट भित्रिन नदिँदा यसले सरकारको राजस्वमा मात्रै अस परिरहेको छ । हालसम्म स्मार्टफोन आयातमार्फत सरकारले १ अर्ब ८८ करोड रुपैयाँ भन्सार संकलन गरेको छ ।

सरकारले गत भदौ मसान्तबाट मोबाइल सेटहरूमा नियमन प्रणाली मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याएको थियो। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा चोरी पैठारी तथा अवैधरूपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्ने उद्देश्यका साथ प्रणाली कार्यान्वयनमा ल्याएको दाबी गर्दै आएको छ। तर, यसको तुलनात्मक फाइदा भने देखिएको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

नेशनल लाइफले १ सय ५० जनालाई दियो अभिकर्ता प्रशिक्षण

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वरा नगद लाभांश प्रस्ताव

सातामा ३ सयले घट्यो सुन, चाँदी बढ्यो

बुद्ध जन्मस्थल संरक्षणबारे अन्तर्राष्ट्रिय गोष्ठी

सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२ बुँदे निर्देशन

ओरेण्टल सहकारीमा फसेको १० अर्ब ८३ कराेड बचतकर्तालाई फिर्ता गराउँदै सरकार

पाँच जलविद्युत् कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

कोरियामा कामदार पठाउन हवाई टिकट छाप्‍ने सरकार तयारी

‘मेरो डिजिटल देश’ अभियानको प्रवर्द्धनका लागि राजेश हमाल यूएई जाँदै

नेप्सेमा दोहोरो अंकको वृद्धि, ९२ करोड ५१ लाखको कारोबार

प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

%d bloggers like this: