सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संकटमा नेपाली उद्योग

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः खासगरी बिस्कुट, पाउरोटी, कुकिज र बेकरीजन्य उद्योगहरूमा चिनी र गहुँ दुबै अति आवश्यक मानिन्छ।

औद्योगिक प्रयोजनका लागि आवश्यक चिनी तथा गहुँ छिमेकी मुलुक भारतबाट आयात हुन्छ। भारतले यस्तो वस्तुको निर्यातमा रोक लगाएसँगै यसको प्रभाव नेपाली उद्योगमा देखिएको छ।

मैदा मिलमा मंसिरसम्मलाई मात्र पुग्ने गहुँ मौज्दात रहेको नेपाल फ्लोर मिल एसोसिएसनका बरिष्ठ उपाध्यक्ष दिनेश कुमार अग्रवालले बताए।

‘मंसिरसम्मलाई पुग्ने गहुँको स्टक छ, त्यसपछि पनि सरकारले पहल नगरे लगानीकर्ताहरूको २० अर्ब लगानी भएको यो क्षेत्र धराशायी हुनेछ,’ उनले भने। सरकारले तत्काल गहुँको व्यवस्था नगरे मैदा मिल बन्द हुने उनको भनाइ छ।

उनका अनुसार देशभर साना ठूला गरी ४० वटा मैदा मिल छन्। यी उद्योगमा २० अर्ब बढीको लगानी छ। सरकारी स्तरबाट समस्या समाधानमा कुनै चासो नभएको उनी बताउँछन्। ‘हामीले प्रधानमन्त्री तथा भारतीय राजदूतावासमा पटक–पटक समास्या समाधानको लागि आग्रह गर्‍यौं,’ उनले भने, ‘हामीले आश्वासन मात्र पायौं, समाधान पाएनौं।’

भारतको प्रतिबन्धसँगै यहाँका बिस्कुट उद्योगलाई पनि संकट परेको एसियन बिस्कुट एन्ड कन्फेक्सनरीका प्रबन्ध निर्देशक महेश कुमार जाजु बताउँछन्।  भारतले लगाएको यस्तो प्रतिबन्ध ६ महिना पुगेको छ। छिमेकी मुलुकहरूले पहल गर्दा भारत लचिलो हुनसक्ने भएकोले पनि सरकारी स्तरबाटै पहलको अपेक्षा व्यवसायीहरूले गरेका हुन्।

‘बंगलादेशले पहल गरेपछि भारतले त्यहाँ गहुँ निर्यात गरेको छ,’ उनले भने, ‘हाम्रो सरकारले पहल हुनुुपर्छ।’ जाजुका अनुसार हाल मुलुकभित्र हुने चिनीको कुल उत्पादनको २५ देखि ३० प्रतिशत बिस्कुट उद्योगमा मात्रै खपत हुन्छ।

हाल देशभर करोडौं लगानीमा ५० भन्दा बढी बिस्कुट उद्योग छन्। हाल मुलुकमा वार्षिक तीन करोड टन चिनीको माग छ। त्यसमध्ये, डेढ करोड टन चिनीको पूर्ति स्वदेशी उद्योगबाटै भइरहेपनि बाँकी आयातबाट धानिन्छ।

‘यहाँको उत्पादनले विस्कुट उद्योगहरूलाई चार महिना मात्रै पुग्छ,’ उनले भने, ‘बाँकी चिनी आयात गर्नुपर्छ।’ त्यसोत भारतले गहुँ तथा चिनी निर्यातमा रोक लगाए पनि खुला सीमाको कारण यहाँ ती वस्तु भित्रिरहेको उनले बताए।

तर, यसरी अवैध रूपमा कच्चा पदार्थ आयात गर्दा लागत बढ्ने भएकोले उद्योग बन्द गर्नुको विकल्प नभएको उनको भनाइ छ।

‘त्यसैपनि पेट्रोलियम पदार्थको भाउ बढेर लागत बढिरहेकै छ,’ उनले भने, ‘अब हामीले उद्योग बन्द गरे पनि हुने भएको छ, यसरी चलाइरहँदा हाम्रो लगानी डुब्ने भएको छ।’ बिस्कुट उद्योगका अधिकांश प्लान्ट पेट्रोलबाट चल्छन्।

कच्चा पदार्थको अभावले अहिले नै ३० प्रतिशत उत्पादन कटौती गरेको ‘खजुरीको’ का सञ्चालक जगन्नाथ मर्हजनले बताए। ‘एकातर्फ कच्चा पदार्थको अभाव छ। अर्कातर्फ बैंकको ब्याजदर बढेकोले उद्योग चलाउन सक्ने अवस्थामा छैनौं,’ उनले भने।

रिजाल फुड एण्ड वेभरेजका सञ्चालक पुरूषोत्तम रिजाल पनि मैदाको अभाव भएसँगै ४० प्रतिशतले उत्पादन कटौती भएको बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

नेशनल लाइफले १ सय ५० जनालाई दियो अभिकर्ता प्रशिक्षण

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वरा नगद लाभांश प्रस्ताव

सातामा ३ सयले घट्यो सुन, चाँदी बढ्यो

बुद्ध जन्मस्थल संरक्षणबारे अन्तर्राष्ट्रिय गोष्ठी

सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२ बुँदे निर्देशन

ओरेण्टल सहकारीमा फसेको १० अर्ब ८३ कराेड बचतकर्तालाई फिर्ता गराउँदै सरकार

पाँच जलविद्युत् कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

कोरियामा कामदार पठाउन हवाई टिकट छाप्‍ने सरकार तयारी

‘मेरो डिजिटल देश’ अभियानको प्रवर्द्धनका लागि राजेश हमाल यूएई जाँदै

नेप्सेमा दोहोरो अंकको वृद्धि, ९२ करोड ५१ लाखको कारोबार

प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

%d bloggers like this: