सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुनका विभिन्न गरगहना चोरी भएको घटनामा संलग्न ६ जना पेस्तोलसहित पक्राउ

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट विभिन्न सुनका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा धादिङ खनियाबास गाउँपालिका-४ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-२ गैरीगाउँ बस्ने ३८ वर्षीय मनिला तामाङ समेत ६ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले संचालन गरेको उक्त कारखानाबाट गत कात्तिक २९ गते राति विभिन्न सुनका गरगहना चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

साथै मनिला तामाङको डेरा कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३-०२-००१प ६२१७  नम्बरको मोटरसाइकल, घटनामा प्रयोग भएको पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्ड सहितको म्याग्जिन, जर्सी  र ज्याकेट सहितको प्रहरी पोशाक १ जोर, नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, डाईजेपाम १ सय ९७ एम्पुल र नुफिन १ सय ९७ एम्पुल समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

७ वर्षदेखि फरार अभियुक्त पक्राउ

लमजुङमा सुन सफा गर्छु भनि ठगी गर्ने भारतिय नागरीक पक्राउ

कोदालो प्रहारबाट मकवानपुरमा वृद्धको मृत्यु

घुस रकमसहित नवलपरासीबाट सशस्त्रका जवान पक्राउ

कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

१४ वर्षीय किशोरीमाथि बलात्कारकाे आरोपमा एक जना पक्राउ

डढेलो लगाएको भन्दै निर्दोष युवकलाई जिउँदै जलाउने ४९ जनालाई मृत्युदण्ड

अवैध लागूऔषध सहित पक्राउ

सुन र हिरा सहित नगद लुटपाट गर्ने गिरोह पक्राउ

२ सय १२ तोला चाँदीसहित एक भारतीय सशस्त्र प्रहरीको फन्दामा

कटुवा पेस्तोलसहित २ जना पक्राउ

%d bloggers like this: