सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कटुवा पेस्तोलसहित २ जना पक्राउ

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः ललितपुर महानगरपालिका-२५ डिसहोम सोह्रखुट्टेबाट कटुवा पेस्तोलसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे बेथानचोक गाउँपालिका-७ घर भई ललितपुर महानगरपालिका-४ जवालाखेल बस्ने १९ वर्षीय प्रशान्त तामाङ र ३० वर्षीय रमेश तामाङ रहेका छन् ।

प्रहरी प्रभाग बुङमतीबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्ने खोजे पश्चात उनीहरूलाई बा.७८ प १२९० नम्बरको स्कुटर सहित पक्राउ गरी जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्र लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल १ थान फेला परेको हो ।

प्रहरीले उनीहरूको साथबाट तार १३ बण्डल, पानी तान्ने मेसिन १० थान, ढलान फुटाउने मेसिन १ थान, फलाम काट्ने मेसिन ३ थान, मार्बल काट्ने मेसिन १ थान, पुटिन घोट्ने मेसिन १ थान, ह्यामर, पिलास, फलामको छिना लगायतका सामान समेत फेला पारेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

७ वर्षदेखि फरार अभियुक्त पक्राउ

लमजुङमा सुन सफा गर्छु भनि ठगी गर्ने भारतिय नागरीक पक्राउ

कोदालो प्रहारबाट मकवानपुरमा वृद्धको मृत्यु

घुस रकमसहित नवलपरासीबाट सशस्त्रका जवान पक्राउ

कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

१४ वर्षीय किशोरीमाथि बलात्कारकाे आरोपमा एक जना पक्राउ

डढेलो लगाएको भन्दै निर्दोष युवकलाई जिउँदै जलाउने ४९ जनालाई मृत्युदण्ड

अवैध लागूऔषध सहित पक्राउ

सुन र हिरा सहित नगद लुटपाट गर्ने गिरोह पक्राउ

२ सय १२ तोला चाँदीसहित एक भारतीय सशस्त्र प्रहरीको फन्दामा

सुनका विभिन्न गरगहना चोरी भएको घटनामा संलग्न ६ जना पेस्तोलसहित पक्राउ

%d bloggers like this: